कुकुर बचाउँदा गयो ज्यान

सिडनी, २९ पुस । अस्ट्रेलियामा एउटा कुकुर र सर्पबिच लडाइँ हुँदा २४ वर्षीय युवकको मृत्यु भएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको पश्चिमी ट्यामवर्थ सहरको एक जना युवकले आफ्नो कुकुरलाई ‘ब्राउन स्नेक’बाट बचाउने क्रममा उनको मृत्यु भएको हो ।
प्राप्त समाचार अनुसार पछिल्लो बुधवार ती युवकके घरमा ब्राउन स्नेक पसेको थियो जसले उनको कुकुरलाई डस्न खोज्दै थियो । ती युवकले कुकुरलाई बचाउन खोज्दा सर्पले उनको हातको औंलामा डसेको थियो ।
ब्राउन स्नेक संसारका सबैभन्दा विषालु सर्पहरूमा एक गनिन्छ । हरेक वर्ष औसत तीन सय मान्छेहरूलाई यो सर्पले टोक्ने गरेको।
प्रहरीले जनाए अनुसार ती बिहान युवक कुकुर भुकिराखेको सुनेर बाहिर निस्केका थिए जहाँ उनले कुकुरलाई मुखमा खतरनाक सर्प च्यापिरहेको अवस्थामा भेट्टाएका थिए । उनले सर्पलाई छुटाउने क्रममा आआफ्नो ज्यान गुमाएको बुझिएको छ ।
सर्पले टोकनासाथ ती युवकलाई अस्पताल लगिएको भए पनि बचाउन भने सकिएको थिएन ।

कमेन्ट गर्नुहोस्