खातामा पैसा नभई चेक दिएपछि प्रहरीको हिरासतमा पुगे तेजकरण, कसलाई दिएका रहेछन् त बाउन्स चेक ?

प्रहरीले टेकुस्थित तेज एन्ड करण इन्टरप्राइजेजका मालिक तेजकरण जैनलाई ठगी अभियोगमा पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीवार टेकुबाट पक्राउ गरेको हो । आर्थिक करोबारका क्रममा उनले काटेका चेक बाउन्स भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिलाई दिएका २० लाख, १२ लाख, २५ लाख ५० हजार र १० लाख रुपैयाँका चेक बाउन्स भएका छन् । वृत्त प्रमुख डिएसपी प्रदीपबहादुर क्षेत्रीले जैनले किभिन्न व्यक्तिलाई काटेका चेक बाउन्स भएपछि पक्राउ गरिएको बताए । उनले भने, ‘उनीविरुद्ध पीडितको उजुरी आउने क्रम जारी छ ।

कमेन्ट गर्नुहोस्