आगो ताप्नु निकै महङ्गो पर्यो तारालाई, शरीरका कपडामा आगो सल्किएपछि पुर्याइयो अस्पताल

 

काँकडभिट्टा, २९ पुस (रासस) ः आगो ताप्दा शरीरका कपडा जलेर बुद्धशान्तिकी एक गृहिणी सख्त घाइते हुनुभएको छ ।

बुद्धशान्ति–३ की ४५ वर्षीया तारा भट्टराईलाई कम्मरमुनिको भाग जलेपछि बिर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा राखेर उपचार गराइँदैछ ।

पारिवारिक स्रोतका अनुसार बिहान नुहाइसकेपछि घर बाहिर बालिएको आगो ताप्ने क्रममा उहाँको शरीरमा थाहै नपाई हुर्हुरी आगो सल्किएको थियो । आगो निभाउने क्रममा परिवारका अन्य तीन सदस्यसमेत सामान्य घाइते भएका छन् ।
–––

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  नेविसंघमा भाँडभैलौ, अध्यक्ष महरलाई महामन्त्री काफ्लेले सोधे स्पष्टिकरण
%d bloggers like this: