OMG! आफ्नै बुवाको हत्या गर्न बमको अर्डर गरेपछि ८ वर्षको जेल सजाय पाए गुरतेज सिंहले

काठमाडौं, के के सुन्नुपर्छ यो संसारमा ? यस्तै भन्नुपर्ने भएको छ भारतीय मूलका एकजना युवकलाई भएको सजाय सुन्दा ।

बेलायतको एउटा अदालतले भारतीय मूलका एकजना युवालाई आठ वर्षको जेल सजाय सुनाएको छ । ती युवकको आरोप सामान्य छैन । उनीमाथि आफ्नै बुवाको हत्या गर्न विष्फोटक सामग्री किनेको आरोप लागेको थियो ।

गुरतेज सिंह रन्धवा नाम गरेका यी युवकको प्रेम सम्बन्धलाई उनका बुवाले अनुमति नदिएपछि उनले हत्याको योजना बनाएका थिए ।

ब्रिटेनको राष्ट्रिय अपराध एजेन्सीका अधिकारीहरुले गत वर्ष मे महिनामा गुरतेज सिंह रन्धवालाई गिरफ्तार गरेका थिए । गुरतेजले एउटा बमको अर्डर गरेका थिए । तर अधिकारीहरुले बम उनीसम्म आइपुग्न अगाडि नै त्यसलाई कृत्रिम (डमी) उपकरणमा परिवर्तन गरेका थिए ।

बर्मिन्घम क्राउन कोर्टमा सुनुवाईपछि गुरतेजलाई अरुको जीवनलाई संकटमा पार्ने तथा गम्भीर ढंगले घाइते बनाउने प्रयास गरेको दोषी ठहर गरेको छ ।

अदालतले गत शुक्रबार सजाय सुनाएको थियो । “प्रेमिकासँग बस्न चाहने र विश्वविद्यालयमा पढाई गर्न खोज्ने उद्देश्यले यो अपराध गरेकोमा मलाई कुनै शंका छैन ।” न्यायाधिश चीमा ग्रबले फैसलामा भनेका छन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: