ट्रम्पको अभद्र टिप्पिणीले अफ्रीकी देशहरू आक्रोशित

आफुहरूबारे ‘अभद्र’ टिप्पिणी गरेको भन्दै अफ्रिकी देशहरूको सङ्गठनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई माफी माग्न भनेको छ । अफ्रिकी देशहरूका प्रतिनिधि संगठनहरूले हालै राष्ट्रपति ट्रम्पले ओभल अफिसमा एउटा बैठकका क्रममा अमेरिकी आप्रवास नीतिहरूमा बोल्दै एल साल्भाडोर र हाइटी जस्ता अफ्रिकी देशहरूलाई ‘सिट होल कन्ट्री’ भनेको समाचार प्रति आक्रोश जनाएका हुन् ।

राष्ट्रपति ट्रम्पले भने आफुले कुनै देश विशेषको अपमान नगरेको भनेका छन् । तर उक्त बैठकमा उपस्थित डेमोक्र्याट सिनेटर डिक डार्बिनले राष्ट्रपतिले  एकभन्दा बढी पल्ट ‘सिट होल’ भन्ने शब्द दोहोऱ्याउँदै ‘नस्लभेदी’ भाषाको प्रयोग गरेको बताएका छन् ।

बैठकमा उपस्थित रिपब्लिकन नेताहरूले भने आफुहरूलाई राष्ट्रपतिको कुनै ‘आपत्तिजनक’ शब्द प्रयोगबारे आफुलाई सम्झना नरहेको भनेर बिबिसीले उल्लेख गरेको छ ।

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  गल्फ खेलेर फर्किँदै गरेका ट्रम्पलाई यस्तो स्वागत
%d bloggers like this: