खबरदार! यी सात एंड्रोइड  एप बिर्सेर पनि नगर्नुहोला इन्स्टल

अचेल गुगल प्ले स्टोर, या एप स्टोरमा जम्मा कतिवटा एपहरू उपलब्ध छन् एकिन भन्न गाह्रो छ ।  एपब्रेन डट कमका अनुसार जनवरी १३ का दिनसम्ममा गुगल प्ले स्टोरमा ३५ लाख ८९ हजार दुइ सय ३३ एपहरू रहेका छन् । अर्थात् हरेक कामका लागि एउटा न एउटा एप उपलब्ध रहेको छ । यस्ता अधिकांश एपहरू नि:शुल्क छन् भने केहीका लागि पैसा समेत तिर्नु पर्ने हुन्छ ।

ब्राउजिङ्, गेमिङ्, सोसल नेटवर्किङ् या ने युटिलिटी एपहरूले हाम्रो जीवन पत्त्याउनै नसकिने गरी सहज र रोमांचक बनाइदिए जस्तो लाग्छ । तर बुझ्नु पर्ने कुरा के छ भने यसरी उपलब्ध सबै एपहरू सुरक्षित भने हुँदैनन् । यस्ता एपहरूले हामीलाई सघाएको जस्तो जानकारी दिनेगरे पनि भित्रभित्रै हाम्रो डिभाइस या डाटामा ठुलो क्षति पुऱ्याइरहेका हुन्छन् या अनावश्यक स्पेस ओगटेर बसिदिनाले डिभाइस ल्यागिङको कारण समेत बनिरहेका हुन्छन् ।

गुगल प्रवर्द्धित प्ले स्टोर बारम्बार कम नलाग्ने र हानिकारक एपहरूलाई स्थान दिएको भनेर आलोचित भइराख्ने गर्दछ । केही साह्रै फाइदाजनक लाग्ने तर वास्तवमै इन्स्टल गर्न नै नहुने एपहरू यस्ता छन् ।

  • क्विक पिक
सम्बन्धित् समाचार  इन्टरनेट विस्तारका लागि संकलित रकम परिचालन हुन सकेन

यो वास्तवमा इजी-टु-युज फोटो ग्यालरीका लागि प्रयोग गरिने एप हो । यो उपयोगी पनि मानिन्छ तर यसको ठुलो दुर्गुण भनेको यसमा बारम्बार आइरहने अपडेटहरूका कारण यसको साइज धेरै ठुलो भएर यसलेफोन मेमोरीको ठुलो हिस्सा ओगट्ने हुनाले यसले गाह्रो पार्न सक्छ । गत वर्ष चिता मोबाइलले यसको स्वामित्व ग्रहण गरेपछि यसमा निरन्तर अपडेट आइरहेका छन् ।

  • इएस फाइल एक्सप्लोरर

यसको दुर्गुण भनेको यसको फ्री भर्सनसँग आउने ब्लट वेयर र एड वेयर हुन् जसले फोन मेमोरीमा बसेर डिभाइसलाई सुस्त बनाइ दिन्छ ।

  • युसी ब्राउजर

यो भारत र चीन देशहरूमा साह्रै लोकप्रिय रहेको एन्ड्रोइड वेब ब्राउजर हो । हुन त यसमा एउटा फास्ट मोड पनि छ जसले दाता कम्प्रेसन गरेर केही एमबी बचाउन सक्छ तर यसको ठुलो दुर्गुण भने प्रयोगकर्ताको गोप्यतासँग गाँसिएको छ । यसले तपाइंको सर्च हिस्ट्री, फोनको आइएमइआइ नम्बर, एन्ड्रोइड आइडी र वाइफाई सम्बन्धि जानकारी जस्ता गोप्य सूचनाहरू मात्र हैन प्रयोगकर्ताको लोकेसनजस्ता जानकारीहरू याहु र गुगलमा पठाइदिन्छ ।

  • क्लिन इट

यो पनि लोकप्रिय क्लिनिङ् टुल हो । यसको खराब पक्ष भनेको यसमा आउने विज्ञापनहरू हुन् । यसमा फोन स्टोरेज र ऱ्याम क्लिन फिचरहरू वास्तवमा झुक्याउनका लागि मात्रै हुन् । यसमा एउटा किल रनिङ् एप्स भन्ने अप्सन पनि हुन्छ वास्तवमा यसले ब्याट्री बचाउने नभइ सिध्याउने कम गरिरहेको हुन्छ ।

  • म्युजिक प्लेयर
सम्बन्धित् समाचार  नेपाली बजारमा माइक्रोम्याक्सका नयाँ मोबाइलहरु

विशेष गरी म्युजिक फाइलहरू प्ले गर्न कामलाग्ने यो एप पनि यसमा रहेका थुप्रै विज्ञापनका कारण कम उपयोगी सिद्ध भएको छ । यी विज्ञापनहरूले डाटाको सत्यानाश मात्रै गर्दैनन् ब्याट्री पनि चाँडो चाँडो सिध्याइदिन्छन् । गुगल प्ले स्टोरमा यसमाथि टिप्पिणी गर्नेहरूले ब्याट्री छिटो सिध्याएको र गिगाबाइट सम्म डाटा खर्च गरिदिएको गुनासो गरेका छन् ।

  • डियु ब्याट्री सेभर एण्ड फास्ट चार्ज

यो ब्याट्री सेभर एप पनि प्रयोग नगर्नु नै राम्रो हो । एक त यसमा फास्ट चार्ज गर्ने क्षमता नै हुँदैन त्यो फोनको विशेषतामा भर पर्ने कुरा हो । अर्को यसले तपाइँको लकस्क्रीन र नोटिफिकेसन बारलाई अनावश्यक विज्ञापनहरूको भारि नै बोकाइदिन्छ जसको परिणामस्वरूप फोन ढिलो हुने या ह्याङ्ग हुने जस्ता समस्या देखिन सक्छन् ।

  • डल्फिन वेब ब्राउजर

हुन त यो एउटा एड फ्री या विज्ञापन मुक्त फ्ल्यास सपोर्टिंङ् ब्रा उजर हो । तर पनि यसलाई फोनमा राख्नुका आफ्नै जोखिम छन् । यसले पनि गुप्त रुपमा हाम्रा सूचनाहरू अन्यत्र सारिदिन्छ र प्रयोगकर्तालाई ट्रेकिङ् गरिरहको हुन्छ । सबैभन्दा नराम्रो पक्ष भनेको यसले तपाइँको इन्कोग्निटो मोडको वेबसाइट भिजिटलाई फाइल बनाएर डिभाइसमा सेभ गरिदिन्छ ।

सम्बन्धित् समाचार  मुसाहरूले सताएका छन् ? मोबाइल छ भने चिन्ता लिनु पर्दैन, यस्तो छ तरिका

साइटेक बाट

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: