यु-१९ विश्वकप: अफगानिस्तानले हरायो पाकिस्तानलाई

काठमाडौँ  । दारुल रसुलीको नट आउट ७६ रनको महत्वपूर्ण पारीले गर्दा न्युजिल्याण्डमा आयोजना भइरहेको १९ वर्षमुनिको विश्वकपको पहिलो खेलमा अफगानिस्तानले पाकिस्तानमाथि पाँच विकेटको जीत हात पारेको छ ।

ग्र्रूप डी अन्तर्गतको म्याचमा टस जितेर पहिले ब्याटिङ गर्न आएको पाकिस्तानी टोलीले ४७ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ८८ को योगफल तयार परेको थियो । एक सय ८९ रन्को लक्षका साथ मैदानमा उत्रिएको अफगानिस्तानी टोलीले ४७ दशमलव तीन ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो ।

सुरुमा केही लडखडाएको अफगानिस्तान टिमले ५० रन्को योगमा तीन विकेट गुमाइसकेको थियो तर चौथो विकेटको लागि रसुलीले इकरम अलि खिल (४६) सँग सात,  निसार वहदत (१९) सँग ४२ र अजमतुल्लाह उमरजई (नट आउट १२) सँग नट आउट २७ रन बनाउँदै  टिमलाई जिताएका थिए ।

यो अन्डर-१९ मा पाकिस्तानमाथि अफगानिस्तानको लगातार तेस्रो जीत रहेको कुरा आजतकले बताएको छ ।

पाकिस्तानका सात विकेट अन्तिम ४२ रनमै ढलेका थिए । ओपनर रोहेल नजिर (८१) लाई अलि असिफ (३०) ले मात्र अर्को किनाराबाट साथ दिएका थिए । अफगानिस्तानका निम्ति तेज गतिका बलर उमरजई र लेग स्पिनर कैस अहमदले तीन-तीन विकेट लिएका थिए ।

त्यस्तै ग्रुप ए अन्तर्गतको अर्को म्याचमा न्युजिल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हराएको छ । विजेते टोलीका तर्फबाट फिन एलन (११५) ले यस विश्व कपकै पहिलो शतक लगाएर आफ्नो टिमलाई विजय नजिक पुऱ्याएका थिए ।

 

कमेन्ट गर्नुहोस्