प्रचण्ड पत्नी सीता दाहाल उपचारका लागि दिल्ली प्रस्थान

काठमाडौ, पुस ३० । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल उपचारका लागि नयाँ दिल्लि प्रस्थान गरेकि छन् ।

थाइराइड र प्रेसर तथा सुगरले ग्रस्त सिता अाज उपचारका लागि दिल्लि गएकी हुन् । यसअघि नेपालमै उपचार हुँदै अाएकाे भएपनि यसपटक नर्भिक अस्पतालले नै नयाँ दिल्लि रिफर गरेकाले थप उपचारका लाग सिता नयाँ दिल्लि गएकाे दाहालकाे निजि सचिवालयले जनाएकाे छ ।

पुत्र प्रकाश दाहालकाे निधनकाे पिडाले स्वास्थ्य समस्या बढाएकाे भएपनि सिता प्रचण्डकाे साथमा निर्वाचन प्रचारका कार्यक्रममा व्यस्त थिर्इन ।

तर पछिल्लाे समय स्वास्थ्य समस्या बढेपछि नर्भिक अस्पतालमा उपचार हुँदै गर्दा दिल्लि रिफर गरिएकाे हाे । सिताकाे साथमा छाेरीहरु गंगा दाहाल र रेणु दाहाल गएका छन् । प्रचण्ड भने गएका छैनन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  मधेशमा प्रचण्ड, स्थानीय भाषामा भाषण गर्दा उत्साहित जनता [भिडियोसहित]
%d bloggers like this: