सिन्धुपाल्चोकको चौतारामा ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुपाल्चोक, पुस ३० । सिन्धुपाल्चोकको चौतारा नजिकै ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बा ४ ख २९६० नम्बरको ट्रिपर गएराति साढे ११ बजे दुर्घटना हुँदा ठुलोपाखर निवासी शशीकुमार लामाको घटनास्थलमै मृत्यु भएको छ ।

मृतक अर्का एकजनाको सनाखत हुन बाँकी छ ।

निर्माण सामग्री लिएर चौताराबाट गिदाने जाँदै गरेको ट्रिपर गएराति सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  अब ट्याक्सीले ठगे लाइसेन्स कब्जा
%d bloggers like this: