माघे संक्रान्तिका लागि तरुल खन्न भ्याई–नभ्याई

सर्लाही, पुस ३० । माघे संक्रान्तिका लागि तरुल खन्न सर्लाहीका किसानलाई भ्याई–नभ्याई भएको छ ।

तरुलको व्यावसायिक खेती हुने सर्लाहीको पश्चिमी भेगमा पर्ने कर्मैया, शंकरपुर, राजघाट, बरहथवालगायत स्थानका किसानलाई तरुल खनेर बेच्ने चटारो परेको हो ।

सो क्षेत्रका किसान तरुल खनेर खेतमै व्यापारीलाई बिक्री गर्न व्यस्त छन् । माघे संक्रान्तिका लागि तरुलको व्यापार निकै बढेको व्यापारीले बताएका छन् ।

सर्लाहीका किसानले उत्पादन गरेको तरुल प्रतिकिलो २५ रुपैयाँमा बिक्री भइरहेको छ ।

सर्लाहीमा २ सय विगाहभन्दा बढी क्षेत्रफलमा तरुल खेती हुने गरेको छ । प्रतिविगाह १० मेट्रिक टनसम्म तरुल फल्ने गरेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  गाविसको बाँकी रकम रुपान्तरणमा ढिलाइ
%d bloggers like this: