६ दिन भित्र प्रदेश प्रमुख र मुकाम नतोकिए राष्ट्रियसभा चुनाव सर्ने !

काठमाडौ, पुस ३० ।  प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने संवौनिक अधिकार सरकारलाई दिइएको छ ।

तर, राजनीतिक सहमति जुट्न नसक्दा यी दुवै निर्णय हुन सकेको छैन । सरकारले प्रदेशप्रमुखको नियुक्ति र प्रदेश मुकाम तोक्न नसक्दा वा नतोक्दा राष्ट्रियसभा सदस्य निर्वाचन नै प्रभावित हुने खतरा बढेको छ ।

निर्वाचन आयोगले भने अबको ६ दिन भित्र प्रदेश प्रमुख नियुक्त नभए माघ २४ गतेलाई तोकिएको राष्ट्रियसभा निर्वाचन नै प्रभावित हुने चेतावनी दिएको छ ।

प्रदेशप्रमुख नियुक्तिमा भइरहेको ढिलाइले राष्ट्रियसभा निर्वाचनका लागि जारी गरेको कार्यतालिका समेत प्रभावित हुने भएपछि आयोगले सरकारको ध्यानाकर्षण पनि गरिरहेको छ ।

तपाँइहरुले गरेको आग्रह सरकारले नटेरेको हो ? भन्ने प्रश्नमा निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने “प्रदेशसभा सदस्य निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेशप्रमुखसमक्ष पठाउनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभा निर्वाचनसमेत प्रभावित हुने भन्दै सरकारको ध्यानाकर्षण गरिरहेका छौँ ।”

प्रदेशप्रमुखको नियुक्ति नहुँदा निर्वाचित भएको एक महिना बितिसक्दा पनि प्रदेशसभा सांसदहरुले शपथ लिन पाएका छैनन् । प्रवक्ता नवराज ढकालले भने “माघ सात गते राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नावली प्रकाशन गर्नुपर्ने चाप हामीलाई छ । त्यो भन्दा पहिले धेरै काम गर्नुपर्ने हुन्छ । यसर्थ सरकारलाई प्रदेशप्रमुख र अस्थायी मुकाम छिटो तोक्न सरकारलाई पटक-पटक ताकेता गरिरहेका छौँ ।”

सम्बन्धित् समाचार  ३१ वर्षीय मेयर उम्मेदवार रहबरकाे संकल्प: विकसित वीरगञ्ज

यसको अर्थ माघ सात गते भित्र प्रदेशप्रमुख र अस्थायी मुकाम नतोकिए माघ २४ को निर्वाचन सर्छ  ? भन्ने अर्को प्रश्नमा आयोगका प्रवक्ता नवराज ढकालले भने “निश्चितै रुपमा हाम्रो कार्यताकिा अनुसार काम हुन पाउँदैन र सबै प्रक्रिया अवरुद्ध हुन्छ । मतदाता नामावली नै प्रकाशन गर्न नसकेपछि अन्य बिषय अगाडी बढ्न सक्दैन ।”

निर्वाचन कार्यक्रमअनुसार यही माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ ।

त्यसपछि ८ र ९ गते मतदाता नामावलीउपर दाबी विरोधको कार्यक्रम छ । १० गते उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् ।

११ गते उम्मेदवारीविरुद्ध दाबी विरोध र १३ र १४ गते उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ । माघ १५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदानको कार्यक्रम तय गरिएको छ भने २४ गते मतदान हुनेछ ।

अबको छ दिन भित्र प्रदेश प्रमुखको नियुक्ति र प्रदेश मुकाम नतोकिए सबै प्रक्रिया अवरुद्ध हुनेछ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: