नेपाली चलचित्र ‘साली कस्को भेनाको’ छायांकन सुरु

पुस ३० । अब नेपाली चलचित्र ‘साली कसको भेनाको’ को निर्माण हुने भएको छ ।चितवनका पुराना निर्माता प्रसाद श्रेष्ठको प्रस्तुति रहने ‘साली कसको भेनाको’लाई भद्र भुजेलले निर्देशन गर्ने भएका छन् । प्रसाद श्रेष्ठले यसअघि कर्जा ,कान्छी, सन्तान जस्ता सफल चलचित्र निर्माण गरिसकेको छ ।

माघ २ गते चितवनमा शुभ मुर्हत गरेर छायांकन सुरु गरिने ‘साली कसको भेनाको’को छायांकन चितवन र धम्पुसमा गरिने छ । कलाकार पुष्प आचार्यको कथा रहेको यस चलचित्र प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत रहने छ ।

चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुस्कर गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ । यसै चलचित्रबाट दीपा सागरले नायकको रुपमा डेब्यु गर्दैछन् ।

मानविय समबेदनामाथि निर्माण गरिन लागिएको ‘साली कसको भेनाको’ कमेडी तथा पारिवारिक चलचित्र हो ।यस चलचित्रमा मगर जतिको सस्कृतिमा साली र भेना बिचको सम्बन्धलाई देखाउना खोजिएको छ ।

दिर्घ गुरुङको छायांकन रहने यस चलचित्रमा बसन्त श्रेष्ठ, गम्भीर बिष्ट र सुमित लामा को नूत्य निर्देशन रहने छ । नेपाली चलचित्र ‘साली कसको भेनाको’ लाई सुनिल कुमार न्यात्स्यो, बिशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीले मिलेर निर्माण गर्न लागेका हुन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: