अर्काको गल्तीले ५० लाख डलरको चिट्ठा

अमेरिकामा एउटी सामान्य मध्यमवर्गीय महिला अर्कैको गल्तीका कारण ५० लाख डलरकी मालिक बनेकी छिन् ।  स्टोर क्लर्कको गल्तीले अर्कै लटरी टिकट  हात पारेकी ती महिला न्यु जर्सी राज्यमा बस्दछिन् ।।  न्यु जर्सी राज्यको म्यानहट्टनको एउटा सुपर मार्केटमा सामान किन्न गएकी ओक्साना जहारोभलाई स्टोर क्लर्कसँग एक डलर मुल्य बराबरको लटरी टिकट मागेकी थिइन् तर भूलवश स्टोर क्लर्कले उनलाई १० डलर मूल्यको ‘सेट फर लाइफ’ लटरी टिकट थमाइदिइन् जसलाई स्क्र्याच गर्दा त्यसमा ५० डलरको पुरस्कार राशि भएको पाइएको थियो ।

ओक्सानाले जब आफुकहाँ दस डलर मूल्यको टिकट आएको थाहा पाइन् उनी त्यसको बाँकी पैसा चुक्ता गर्न चाहन्थिन् । उनले त्यो टिकट सुपरमार्केटको सम्झनाको लागि मात्र किनेकाले त्यसलाई धेरै दिनसम्म स्क्राचसम्म गरेकी थिइनन् । तर पछि त्यसमा रहेको ५० लाख डलरको पुरस्कार राशिले उनको भाग्य नै चम्काइदिएको छ ।

 

विमेन्स वर्ल्डबाट

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  अमेरिकामा शिक्षकलाई बन्दुक बोकेर विद्यालय जाने कुरामा ट्रम्पको समर्थन, भने- यसले हिंसा रोक्छ
%d bloggers like this: