राज्यलाई चुनौति दिने फिल्म बन्दैछ आक्रान्तः प्रमोद भण्डारी, निर्देशक

काठमाडौं, पुस ३० । डेढ दशकदेखि नेपाली फिल्ममा निर्देशकको रुपमा काम गर्दै आएका निर्देशक प्रमोद भण्डारी यतिबेला अर्का चलचित्रको तयारीमा जुटेका छन्, चलचित्र हो आक्रान्त ।

सानो कथालाई समाज र राज्यसँग जोडेर चलचित्रको स्क्रिप्ट तयार पारिएको निर्देशक भण्डारी बताउँछन् । अहिलको समसामहिक कथालाइ अहिलेकै पुस्ताको रहनसहनमा चलचित्र आक्रान्त निर्माण गर्न लागिएको हो ।

फागुनबाट छायांकनमा जाने चलचित्र आक्रान्तका केही कलाकारहरु छनौट भइसकेका छन् तर कलाकारहरु प्रेसमिट गरेर मात्र सार्वजनिक गरिने निर्देशक भण्डारी बताउँछन् ।

राजनीति र समाजलाई युवापुस्तासँग बाँधेर निर्माण गर्न लागिएको यो चलचित्र निर्माण गर्न र रिलिज गर्न ठूलो चुनौति रहेको र आफू हरेक पटक चुनौति लिएरै चलचित्र निर्माण गर्ने भण्डारी बताउँछन् । भण्डारीको पछिल्लो चलचित्र नतिजा पनि सेन्सर बोर्डसँग ठूलै लफडा परेको थियो ।

आफू अब फितलो चलचित्र निर्माण नगर्ने बताउँदै निर्देशक भण्डारीले चलचित्रलाइ २०७५ सालको दशैंभित्रमा रिलिज गरिने बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्