प्रचण्ड प्रधानमन्त्री ओली अध्यक्ष र ओली प्रधानमन्त्री प्रचण्ड अध्यक्ष : महेन्द्रबहादुरी शाही

भक्तपुर, पुस ३० । नेकपा माओवादी केन्द्रका नेता एवं कालिकोट प्रदेशसभाबाट निर्वाचित सांसद महेन्द्रबहादुर शाहीले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता र वाम गठबन्धन टुटाउन स्वदेशी तथा विदेशी शक्ति जोड्तोडका साथ लागेको आरोप लगाएका छन् । तर पार्टी एकतालाई कुनैपनि शक्तिले रोक्न नसक्ने उनको दावी छ ।

रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा बोल्दै शाहीले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोगन गर्न देशी बिदेशी शक्ति लागेको बताउँदै उनले वाम गठबन्धको एकता तोड्ने चलखेल जारी रहेता पनि त्यसले पूर्णता नपाउने बताए ।

पाँच बर्षसम्म वाम गठबन्धनबाट एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने बताउँदै अब बन्ने वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने त्यो कार्यकाल पाँच बर्ष हुनेमा कसैलाई शंका नर्गन उहाले आग्रह गरे ।

उनले वर्तमान देउवा सरकाले जाँदा जाँदै गरेको राम्रा कामको निरन्तरता दिने तर गलत निर्णय नयाँ बन्ने वाम गठबन्धनको सरकारलाई मान्य नहुने बताए । अब कहिल्यै सरकारमा आउन पाइन्न जस्तो गरेर जसरी निर्णय गरेको छ यो कामचलाउ सरकारले त्यो सरासर संविधान बिपरित गएर काम गरिरहेको उनले बताए ।

सम्बन्धित् समाचार  समाजवादी क्रान्तिका लागि वाम एकता अपरिहार्य : कार्की

निर्वाचन आयोगले समेत नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय भएको भन्दै उनले निर्वाचन आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संबिधानको समेत उल्लंघन गर्ने काम गरेको उनको टिप्पणी छ ।

उनले प्रदेश नं ६ को समग्र विकासका लागी आम राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने बताए । उनले प्रदेश राजधानीका बिषयमा ६ नम्बर प्रदेशमा कुने बिबाद नरहेको समते दाबी गरे । ६ नम्बर प्रदेशका लागि आफू मुख्य मन्त्रीका लागि योग्य रहेको र जिम्मेवारी बहनको अवसर दिए कुसलतापूर्वक निर्वाह गर्ने समेत बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: