वाम गठबन्धनले प्रधानमन्त्री चयन गर्न नसक्दा समस्या : प्रधानमन्त्री देउवा

कैलाली, पुस ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने वित्तिकै सत्ता छोड्न हस्तानतरण गर्न आफू तयार रहेको बताएका छन् ।

कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सहमति गरेर प्रधानमन्त्री तोक्न नसकेकोले आफूले देशलाई नेतृत्वविहीन बनाउन नचाहेको दावी गरे ।

वाम गठबन्धनले प्रधानमन्त्रीको चयन गर्न नसक्ने तर आफूलाई पद नछोडेको आरोप लगाउनु गलत भएको प्रधानमन्त्री देउवाले बताए । सबै दलहरुको सहमतिमा प्रदेशसभाको अस्थायी राजधानी तोक्न खोज्दा सहमति हुन नसकेकोले छिट्टै सरकार निर्णयमा पुग्ने उनले बताए ।

प्रधानमन्त्री देउवाले अहिलेका लागि प्रदेश प्रमुख र अस्थायी राजधानी प्रदेशसभाका लागि तोक्ने र त्यसपछि प्रदेशसभाको बैठकले राजधानी फेरबदल गर्ने बताए ।

त्यसका लागि सबैभन्दा वढी समस्या प्रदेश नम्वर ७ मा भइरहेको भन्दै प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी सरकारले छिट्टै तोक्ने बताए । तीन दिनदेखि धनगढी र महेन्द्रनगरमा रहेका प्रधानमन्त्री देउवा आइतवार काठमाडौं फर्किएका छन् ।

शुक्रवार महेन्द्रनगर पुग्नुभएका देउवा शनिबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भए । आइतबार कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ मा रहेको धार्मिक स्थल गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटन गरेर देउवा काठमाडौं फर्किएका हुन ।

कमेन्ट गर्नुहोस्