प्रचण्डले दिए माघे संक्रान्ति र माघीको शुभकामना

काठमाडौं, माघ १ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघे संक्रान्ति र माघी पर्वको शुभकामना दिएका छन् ।

माघ १ गते प्रेश वक्तत्व जारी अध्यक्ष प्रचण्डले माघे संक्रान्ति र माघी पर्व मनाउने सबै समुदायलाई शुभकामना दिएका हुन । उनले भनेका छन, “नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।”

माघे संक्रान्ति र माघी पर्वले सबैलाई जोड्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो अवसरमा सबैलाई सहयोगका लागि अपिल गरेका छन् । प्रचण्डले भनेका छन, “ माघे संक्रान्ति र माघी पर्वले सबै जात, जाति, भाषा, संस्कृति र समुदायबीच आपसी सद्भाव र राष्ट्रिय एकता बलियो पार्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै राजनीतिक स्थिरता, सुशासन र समृद्धिको राजनीतिक यात्रामा सम्पूर्ण नेपालीहरुमा सहयोग र सहकार्यका लागि अपील गर्दछु।”

कमेन्ट गर्नुहोस्