बजारमा भारतीय कुखुर छ्याप्छ्याप्ती, स्थानीय कुखुरा व्यवसायीलाई ठूलो नोक्सानी

कैलाली । कैलालीमा भारतबाट वर्षेनी ठूलो परिमाणमा अवैध कुखुरा आउने गरेको छ । छिमेकी देश भारतसंगको खुला सीमानाका कारण त्यहाँबाट ठूलो संख्यामा कुखुरा आउने गरेको हो ।

विगतका वर्ष जस्तै यो वर्ष पनि भारतबाट ठूला मात्रामा नेपाल भित्रिएका कुखुरा बरामद गरि नष्ट गरिएको छ । यसरी भारतबाट आयात हुने कुखुराले यहाँका स्थानीय कुखुरापालक किसानलाई भने निकै घाटा हुने गरेको छ ।

भारतबाट आउने अवैध कुखुराका कारण यस क्षेत्रमा ठूलो लगानीमा संचालन गरेका कुखुरा फार्म संचालकको लगानी डुब्ने खतरा बढेको छ । कैलाली कुखुरामा करिव आत्मनिर्भर भए पनि सम्बन्धीत निकायको वेवास्थाका कारण अहिले पनि भारतबाट अवैध रुपमा कुखुरा आयत भइरहेको यहाका कुखुरा व्यवसायीले गुनोसो गरेका छन् ।

दाना पनि महंगो र हुर्केपछि सजिलै बिक्री नहुने भएका कारण व्यवासायीको लगानी खेर जाने खतरा बढेको हो । अवैध रुपमा भारतबाट आउने कुखुराका कारण लगानी डुब्ने जोखिम बढेको धनगढीस्थित देव पोल्ट्री एण्ड फीडका सञ्चालक देबहादुर चौधरीले बताए ।

कैलालीमा यो वर्ष बैशाखदेखि यता मात्रै ३ लाख रुपैया“ बराबरको भारतीय कुखुरा बरामद गरि नष्ट गरिएको छ । नियमित अनुगमन हुन नसक्दा दैनिक ठूलो संख्यामा भारतबाट अवैध कुखुरा नेपाल आयात भइरहेका छ ।

सीमा नाकालगायत भित्री चोर बाटाहरुमा निगरानी नबढाउ“दा कुखुरा आयात गर्ने व्यक्तिको संख्या बढेको बताइएको छ । नेपाली उत्पादकलाई यसरी भारतबाट चोर नाकाहरु हु“दै आउने कुखुराहरुसंग पनि प्रतिष्पर्धा गर्न गाह्रो भइरहेको पोल्ट्री तथा माछा मासु व्यवसायी संघ कैलालीका अध्यक्ष जितेन्द्र यादबको भनाई छ ।

भारतमा कुखुरा पालन कृषकलाई सरकारलाई अनुदान दिने भएका कारण त्यहा“ उत्पादित कुखुरा सस्तो हुने गरेको छ । सस्तो भएकै कारण भारतबाट दैनिक रुपमा कुखुराको अबैध आयात भइरहेको छ ।

सरकारले भारतबाट आयात हुने कुखुरामा विभिन्न प्रकारका रोग हुने भएकाले सरकारले आयातमा प्रतिबन्ध लगाएको छ । तर, कडाई भने हुन सकेको छैन । जसले गर्दा, कैलाली बर्डफ्लु रोगको उच्च जोखिम रहेको छ ।

यो अवैध धन्धाको रोकथाममा प्रभावकारी पहल नभएको व्यवसायीको गुनासो छ । अहिले कैलालीमा जिउँदो कुखुरा प्रति किलो १८० र काटेको कुखुराको मासु प्रतिकिलो २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!