एमालेमा प्रवेश होईन, एकीकरण गर्न खोजेका हौँ : देवेन्द्र पौडेल

काठमाण्डौ, माघ ११ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफुहरु एमालेमा प्रवेश गर्न नखोजेको प्रष्ट पारेका छन् ।

एमाले नेताहरुले केपी शर्मा ओली नै प्रधानमन्त्री र एकिकृत पार्टीको अध्यक्ष बन्ने सार्वजनिक अभिव्यक्ति दिइरहेको भन्दै उनले रोष प्रकट गरे । ऐभरेष्टदैनिकसंगकाे कुराकानीमा नेता पौडेलले भने, “हामी एमालेमा प्रवेश गर्न खोजेका होइनौँ ।

दुई पार्टी एकीकरणको प्रयास यत्ति धेरै अगाडी बढीसक्यो । तर, जिम्मेवार नेताहरुले सार्वजनिक रुपमा बैचारिक र संगठनात्मक व्यवस्थाका विषयमा अनावश्यक बोलिरहेका छन् । त्यो नआउनुपर्ने किँन आईरहेको छ खै !”

नेता पौडेलले दुबै पार्टीका कार्यकर्ताले अपनत्व महसुस गर्नेगरी पार्टी एक्ता हुनुपर्नेमा जोड दिए । नेतृत्वको व्यवस्थापन पनि त्यसैगरि हुनुपर्नेमा उनको जोड छ ।

“सरकारको नेतृत्व र शिर्ष नेताहरुको व्यवस्थापन सम्मानजनक हुनुपर्छ” नेता पौडेलले भने -“सबै संगठनात्मक संरचनाहरु, जनवर्गिय संगठनहरु सबैमा सम्मानजनक एकता हुनुपर्छ । दुबै पार्टीको फरक धरातल र अस्तित्व रहेको दुबैले स्विकार गरिसकेको अवस्थामा यसलाई भड्काउने खालका अभिव्यक्ति आउनुहुन्न ।”

हिजो मात्रै नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरधन राईले एमाले–माओवादी केन्द्रवीच एकता भएपछि पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली नै हुने बताएका थिए ।

नेता राईले पार्टी पहिले सरकार गठन अनि पार्टी एकता हुने बताएका थिए । अन्य केहि नेताहरुले पनि पार्टी एकता जवजका आधारमा हुने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला नेता पौडेलले भने, “यस्ता कुरा कहाँबाट आईरहेका छन् म पत्तो पाईरहेको छैन् ।”

नेता पाैडेलले भने, “म प्रष्ट पार्न चाहन्छु पार्टी एकता भएपछि सरकार बन्ने हो । दुबै पार्टीले दुबै पार्टीको अस्तित्व स्विकार गरेर जाने हो । यसमा दुविधा पाल्नु जरुरी छैन् ।”

 

कमेन्ट गर्नुहोस्