दोस्रो तैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंककाे नाफा ३७ प्रतिशत

काठमाडौं । गत वर्षको नाफाबाट एक सय प्रतिशत बोनस शेयर दिएर तोके बमोजिमको चुक्तापूँजी पुर्‍याएको स्ट्याण्डर्ड चार्टर्डले दोस्रो त्रैमासमा रू १ अर्ब १ करोड ३४ लाख ३७ हजार नाफा कमाएको छ । यो त्रैमासमा बैङ्कले गत वर्षको तुलनामा चुक्तापूँजी २ गुणाले बढाएको हो ।

बैङ्कले यो त्रैमासमा ३८ प्रतिशतले बढाएर रू १ अर्ब ५५ करोड ३४ लाख ८० हजार सञ्चालन नाफा गर्न सफल भएको छ । जगेडा कोषमा भने रू ४ अर्ब ८६ करोड ६० लाख ३१ हजार रहेको छ । जगेडा कोष भने ७ प्रतिशतले मात्र बढेको छ । दोस्रो त्रैमासमा रू। ६६ अर्ब ७ करोड २२ लाख ५३ हजार निक्षेप सङ्कलन गरेको यस बैङ्कले रू। ४२ अर्ब ३५ करोड ९९ लाख १७ हजार कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा रू २ करोड ६९ लाख ४४ लाख खराब कर्जा सङ्कलन गरेको बैङ्कको निष्क्रिय कर्जा शून्य दशमलव १७ प्रतिशत रहेको छ । सम्भावित जोखिमलाई ध्यानमा राखी रू। ५ करोड ९९ लाख ३८ हजार छुट्याएको बैङ्कको प्रतिशेयर आम्दानी वार्षिक रू। २५ दशमलव ३० रहेको छ भने तरलता अनुपात १४ दशमलव १० प्रतिशत रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!