शुरु भयो शक्तिखोर औद्यौगिक क्षेत्रको डिपिआर, १७४१ विगाहामा उद्योग क्षेत्र हुने

चितवन । शक्तिखोरमा निर्माण हुने औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम शुरु भएका छन् । देशकै ठूलो औद्योगिक एक हजार ७ सय ४१ विघा क्षेत्रमा निर्माण गरिएको बन्ने भएको छ ।

इको कोड नेपाल प्रालिले डीपीआर निर्माणको काम शुरु गरेको छ । माघ ७ गते शुरु भएको डीपीआर निर्मााणको काम द्रुत गतिमा अघि बढाइएको प्रालिका इन्जिनियरले जानकारी दिएको हो  । डीपीआर ६ महिना भित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ ।

शक्तिखोरमा उद्योग स्थापनाको सम्भावना, औद्योगिक वातावरण, आर्थिक हिसाबले सहज या असहज, लगायतका विषयमा उपयुक्त हुने निश्कर्षसहितको डीपीआर प्रतिवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई बुझभउने उनले जनाए ।

औद्योगिक क्षेत्र निर्माणस्थल उदयपुर सामुदायिक वन क्षेत्रमा पर्छ । औद्योगिक क्षेत्र निर्माण गर्दा सबै वन फडानी गर्नुपर्ने हुन्छ । वन फडानी गर्दा अन्य क्षेत्रमा सोही अनुपातमा वृक्षरोपण गर्नुपर्ने भएकाले यस विषयमा पनि डीपीआरमा उल्लेख गरिनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!