अहंकारी एमाले भकुण्डो र पार्टी एकता

कांग्रेसलाई राष्ट्रपति दिएर पाँच वर्षे पूर्ण कार्यकालकै प्रधानमन्त्री हुने अवसर प्रचण्डका लागि सुरक्षित छ, पाँच वर्षपछि कुन पार्टीको आयातन र हैसियत कता पुग्ला ? त्यो सहजै अनुमान गर्न सकिने विषय हो ।

शिव पौडेल

एकादेशमा एउटी युवती थिइन् । उनी गाउँबाट दुध खरिद गरेर बजारमा बेच्ने गर्थिन् । तर, उनको उष्ण महत्वकांक्षाले साना सपना देख्दैनथ्यो । एकदिन उनी घैंटो टाउकोमा राखेर दुध बेच्न बजार जान निस्किइन् । महत्वाकांक्षी सपनामा उनी अभ्यस्त थिइन् । सोचिन्, “यो दुध बेचेर कुखुरा किन्छु, त्यसले धेरै अण्डा दिन्छ । अण्डाबाट सयौं चल्ला कोरिलिन्छन् । चल्लाहरु बेचेर भैंसी किन्छु । भैंसीले दुध दिन्छ, दुध बेचेर जग्गा किन्छु, जग्गाको मूल्य बढ्छ, अनि त्यसलाई बेचेर घर किन्छु ।”

उनको सपनाको रेल त्यतिमै रोकिएन । सोचिन्, “घर किनेपछि म ठूलो महलको मालिक हुन्छु, अनि राजकुमारसँग बिहे गर्छु । अनि हटहट गर्दै घोडा कुदाउँछु ।” जब उनले घोडा चढेर हटहट गरेको कल्पना गरिन्, उनको उफ्राईले टाउकोको घैंटो भुँईमा झ¥यो, दुध पोखियो । अनि, उनको राजकुमारसँग बिहे गर्ने सपना पनि क्षणभरमै खरानी भयो ।

२०६३ को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आयो । युद्धबाट भर्खर शान्तिमा पर्दापण गर्दाको खास अनुभव माओवादीसँग थिएन । त्यसमाथि ब्यालेटको लडाईं त बिल्कूल नयाँ थियो । माओवादीले एमालेसँग प्रस्ताव ग¥यो, “५०÷५० को अनुपातमा भागबण्डा गरौं र चुनाव लडौं ।” तर, शान्तिपूर्ण राजनीतिको मसिहा ठान्ने एमाले घमण्डको बेलुन बेस्सरी फूल्यो, उसले माओवादीसँगको तालमेल पूर्णतः ईन्कार ग¥यो। २०६४ चैत्र २८ मा चुनाव भयो । परिणाम माओवादीले १२१ सिट ल्यायो भने एमाले ३३ सिटमा खुम्चियो ।

एमालेको घमण्डको सरुवा रोग अब माओवादीतिर स¥यो । माओवादी ठूलो पार्टी थियो । तर, एकल बहुमत थिएन । उसको घमण्ड दुईतिहाई बहुमतभन्दा कम थिएन । उसले आफ्नो क्याल्कुलेटरको हिसाबमा एमाले र कांग्रेसलाई राख्न जरुरी ठानेन । उसको ब्रह्मले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति दिनुपर्ने देखेन । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि सबै पद आफ्नै हातमा लिने अहमले नराम्रोसँग घर ग¥यो । परिणामतः राष्ट्रपति, उपराष्ट्रपति, सभामुख सबैमा माओवादी चिप्लियो । ३ महीनाको कुस्तीपछि फेला परेको प्रधानमन्त्रीको कुर्सी पनि ९ महीनामा ढल्यो । यो अधिक माओवादी दम्भको परिणाम थियो ।

माधव नेपाललाई संसदको सदस्य, झलनाथ खनाल र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएका प्रचण्डले उनीहरुबाट सधैं धोका पाउँदै आएका थिए । एमाले नेताहरु जति पनि लाभका पदमा पुगेका थिए, ती सबै प्रचण्डको सदिक्षाका परिणाम थिए ।

माओवादी दम्भलाई नजिकबाट नियालेका जनताले २०७४ मंसीर ४ मा चकित पार्ने फैसला गरे । २०६४ को पहिलो माओवादी २०७० मा तेस्रोमा झ¥यो । कांग्रेस पहिलो दलका रुपमा उदायो । तर, माओवादी दम्भको सरुवा रोग कांग्रेसतिर स¥यो । संविधान निर्माणपछि कांग्रेसको राष्ट्रपति, एमालेको प्रधानमन्त्री र माओवादीको सभामुख हुने लिखित सहमति लागु गर्न सुशील कोइरालाले आवश्यक ठानेनन् । राष्ट्रपति र प्रधानमन्त्री आफै हुनुपर्ने सुशील ग्रन्थीबाट निस्किएको ¥यालमा कांग्रेस चिप्लियो । सुशील आफै प्रधानमन्त्रीका लागि तम्सिँदा कांग्रेसले ठूलो दल भएरै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख सबै पद गुमायो । यो पनि अधिक दम्भकै परिणाम थियो ।

२०७४ बैशाख ३१ मा सम्पन्न स्थानीय चुनावले अहंकारको सरुवा रोग एमालेतिर सल्कियो । एमालेले अरु कुनै दललाई प्रतिस्पर्धी नै देख्ने छोड्यो । तर, २०७४ असार १४ मा मधेशमा सम्पन्न स्थानीय चुनावले एमाले अहंकारको पारो झ¥यो । कांग्रेस र माओवादी मिल्दा पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्ने र सत्ताबाहिर रहेर पार्टी धान्न धौधौ हुने देखेपछि एमालेको घैंटोमा घाम लाग्यो । अहंकार बोकेर पाँच वर्ष प्रतिपक्षमा बस्दा एमालेको नामोनिसान मेटिन सक्थ्यो । एमालेका दोस्रो पुस्ताका नेताहरुले केपी शर्मा ओली र उनका समर्थकहरुको बुद्धि फिराए । माओवादीसँग तालमेल गरेर मात्रै एमालेको भविष्य सुरक्षित हुने देखेपछि नेताहरुले प्रचण्डसमक्ष तालमेलको प्रस्ताव गरे ।

“एमाले धोका”बाट भुक्तभोगी प्रचण्डले केपी शर्मा ओलीलाई सहजै विश्वास गर्ने आधार थिएन । कांग्रेससँगको सहकार्यबाट पनि माओवादी भविष्य सुरक्षित थिएन । माधव नेपाललाई संसदको सदस्य, झलनाथ खनाल र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएका प्रचण्डले उनीहरुबाट सधैं धोका पाउँदै आएका थिए । एमाले नेताहरु जति पनि लाभका पदमा पुगेका थिए, ती सबै प्रचण्डको सदिक्षाका परिणाम थिए । तर, खोलो तरेर लौरो बिर्सन अभ्यस्त एमाले नेताहरुले यसपटक पनि धोका दिनसक्ने खतराप्रति प्रचण्ड सचेत थिए । त्यसैले प्रचण्डले सर्त राखे, “तालमेल गर्ने हो भने पार्टी एकता गर्ने संकल्पसहित गरौं ।” अनि, प्रचण्ड प्रस्तावमा ओलीले पनि सहमतिको टाउको हल्लाए र बाम तालमेलसहित प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन भयो ।

चुनावमा नेताहरुले भाषण ठोके, “नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने हाम्रो संकल्प हो । हामी एक भइसक्यौं । तपाईले एमाले–माओवादी नभनी भोट दिनुस् ।” जनताले पत्याए, भोट दिए । तर, जब चुनावको परिणाम आयो, एमाले अहंकारी ग्रन्थी फेरि रसायो । ओली आफू बोलेनन्, पार्टी एकता र जिम्मेवारी बाँडफाँडको लिखितम् गरेका उनी जिम्मेवारी बाँडफाँडमा चुकिसकेका थिए । माओवादीले भन्यो, “प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा रोजेर लिनुस्, छोडेको हामी लिउँला ।”

राष्ट्रपति, प्रधानमन्त्री, संसदीय दलको नेता, पार्टी अध्यक्ष, सबै प्रदेशका मूख्य मन्त्री एमालेले माग्नुमा अहंकारको भकुण्डो नै मूख्य रुपमा जिम्मेवार छ । अहिले देशको ठूलो दल एमाले हो । तर, निर्णायक शक्ति माओवादी ।

ओली ग्रन्थीले दुवै छोड्न आवश्यक ठानेन । पार्टी अध्यक्ष लिउँ प्रधानमन्त्री लाभको पद, प्रधानमन्त्री लिउँ पार्टीमा दोस्रो बरियतामा बस्नुपर्ने । अनि, उनले आफ्ना भकुण्डेहरु उचाले । उनका अन्धभक्तहरु कुर्लन थाले, “केपी ओली प्रधानमन्त्री, संसदीय दलको नेता र पार्टी अध्यक्ष हुने र प्रचण्ड सह–अध्यक्ष हुने मोडालिटीमा छलफल हुँदैछ ।” कतिले भन्न थाले, “केपी ओली प्रधानमन्त्री बन्ने, ओली–प्रचण्ड दुवै सह–अध्यक्ष बन्ने मोडालिटीमा सहमति भएको छ ।” यी दुवै तर्क जगत भ्रमित पार्ने एमाले अस्त्र थिए ।

निर्वाचनमा एमालेले ८० र माओवादी केन्द्रले ३७ सिट जित्यो । यो एकल चुनावी परिणाम होइन । एमाले–माओवादी तालमेलबाट मात्र सम्भव भएको हो । एमाले र माओवादी अलग अलग लडेको भए कांग्रेस नै पहिलो दल हुन्थ्यो । एमालेले जितेका ८० सिटमध्ये २५ सिट माओवादीको सहयोगबाट जितिएको देखिन्छ भने माओवादीले जितेको ३७ सिटमध्ये १७ सिट एमालेको सहयोगले जितेको छ ।

एक्लाएक्लै लडेको भए कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो दल बन्ने परिणाम देखिन आउँछ । समानुपातिक मत हेर्दा कांग्रेसभन्दा एमालेको १ लाख मत बढी देखिन्छ । तर, त्यो एमालेको एकल मत होइन । ६० प्रतिशत स्थानमा माओवादीको उम्मेदवार नहुनुको परिणाम त्यो मत एमालेतिर खस्यो । अर्कोतिर, चुरेभावर, परिवार दल, हृदयेश त्रिपाठीको समूहजस्ता दलहरु सूर्य चिन्हमै चुनाव लडेका कारण पनि एमालेको मत बढ्यो । तर, त्यो एमालेको वास्तविक मत होइन । यसरी हेर्दा एमालेले निर्वाचन परिणामबाट दम्भ लिनुपर्ने ठाउँ देखिँदैन ।

निर्वाचन परिणामले भन्छ, “देशको ठूलो दल एमाले हो, एमालेकै नेतृत्वमा सरकार बन्नुपर्छ ।” तर, जब पार्टी एकताको सवाल आउँछ, त्यहाँ अंकगणितीय समीकरण मात्र प्रधान बन्दैछ । विचार, दृष्टिकोण, इतिहास, त्याग, बलिदान, आगामी दिशा र नेतृत्वजस्ता विषय पार्टी एकताका प्रमुख आधार हुन् । इतिहासका कालखण्डमा कहिले कुन पार्टी, कहिले कुन पार्टी ठूलो सानो हुन्छ, यो सामाजिक विज्ञानको सामान्य नियम पनि हो । तर, दृष्टिकोण, लक्ष्य र नेतृत्व त्यसभन्दा फरक कुरा हो, त्यसलाई अवमूल्यन गरेर पार्टी एकता हुँदैन । प्रचण्डको आफ्नो संघर्षको इतिहास, नेपालको परिवर्तनमा खेलेको भूमिका, उनको दुरदृष्टि र निर्णय क्षमता देख्नेले भन्छन्, “प्रचण्ड बिना राजनीतिको पात पनि हल्लिँदैन ।” यो नै आजको यथार्थ हो ।

एमालेले आफ्नो अहंकार त्याग्ने कि नत्याग्ने ? २०६४ को अहंकारले माओवादीलाई डुबायो, २०७० को अहंकारले कांग्रेसलाई डुबायो, २०७४ को अहंकारले एमाले नडुबोस् ।

राष्ट्रपति, प्रधानमन्त्री, संसदीय दलको नेता, पार्टी अध्यक्ष, सबै प्रदेशका मूख्य मन्त्री एमालेले माग्नुमा अहंकारको भकुण्डो नै मूख्य रुपमा जिम्मेवार छ । अहिले देशको ठूलो दल एमाले हो । तर, निर्णायक शक्ति माओवादी । माओवादीलाई पेल्ने र गलाउने सोंचसहित पार्टी एकताको प्रयास गर्दा त्यो एमालेका निम्ति प्रतिउत्पादक हुन्छ । ओली र उनका पक्षधरहरुको दम्भले फेरी पनि एमाले पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्ने खतरा टरिसकेको छैन ।

एमालेलाई राष्ट्रपति र प्रधानमन्त्री दिन माओवादी तयार नै छ । तर, एमालेले सबै कुरामा लोभ ग¥यो र अहंकारको भकुण्डो उफ्रिरहे एमाले पाँच वर्ष प्रतिपक्षमा जानेछ, त्यसले एमाले भित्रकै एकता जोगिने छैन । कांग्रेसलाई राष्ट्रपति दिएर पाँच वर्षे पूर्ण कार्यकालकै प्रधानमन्त्री हुने अवसर प्रचण्डका लागि सुरक्षित छ, पाँच वर्षपछि कुन पार्टीको आयातन र हैसियत कता पुग्ला ? त्यो सहजै अनुमान गर्न सकिने विषय हो । तर, जनादेश त्यो होइन, जनादेश एकताका बलमा आर्थिक समृद्धि र विकासको लक्ष्य हासिल गर्नु हो ।

अहिलेको एमाले–माओवादी एकताको विपक्षमा उभिनु अन्ततः लोकतन्त्र र स्थायित्वका विरुद्धमा उभिनु हो, जुन छुट अब एमाले र माओवादीलाई छैन । तर, एमालेले आफ्नो अहंकार त्याग्ने कि नत्याग्ने ? २०६४ को अहंकारले माओवादीलाई डुबायो, २०७० को अहंकारले कांग्रेसलाई डुबायो, २०७४ को अहंकारले एमाले नडुबोस् । राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रदेशका मुख्यमन्त्री सबै आफै खोज्दा सबै गुमाउनुपर्ने हालतमा एमाले नपुगोस् । एमाले नेताहरुले धर्ती टेकुन्, मेरो शुभकामना !
(नोटः लेखकका नीजि विचारमा सम्पादकीय सहमति आवश्यक छैन ।)

कमेन्ट गर्नुहोस्