बाबुराम र रविन्द्रको पुरानो दरवार

विश्व भू–राजनीतिक परिवेशमा पहिलो विश्वयुद्ध पश्चात फाट्टफुट्ट र दोश्रो विश्वयुद्ध पश्चात वग्रेल्तिरुपमा राजनीतिक पार्टीहरु अस्तित्वमा आए । दुईवटा विश्वयुद्ध भोगेको विश्वमा नवजगतले आफू, आफ्नो समुदाय र आफ्नो राष्टको रक्षा, सामाजिक, राजनीतिक, आर्थिक विकास र संघर्षका लागि संगठितरुपमा राजनीतिक संघर्षहरु राजनीतिक पार्टीको निर्माण गरेर सुरु गरे ।

जर्मनीको नेशनल सोसलिष्ट जर्मन वर्कर, भारतको भारतीय कांग्रेस, चीनको चिनियाँ कम्युनिष्ट पाटीको विकाससँगै नेपालमा पनि नेपाली कांग्रेस, नेकपा लगायतका अन्य थुप्रै राजनीतिक पार्टीहरु अस्तित्वमा आए। वर्तमान विश्व राजनीति र हाम्रै देशको राजनीति पनि तत्कालिन समयमै स्थापित राजनीतिक पाटीहरुको प्रभाव र नियन्त्रणभन्दा बाहिर हामी हाम्रो समाज र राष्ट जान सकेको पाइँदैन ।

प्रजातन्त्रको स्थापना पश्चात तत्कालीन सामन्तहरुका विरुद्ध लड्न नेपालमा विभिन्न पाटीहरुको विकास भए कैयांै राजनीतिक पाटीहरु ईतिहासका चिहानमा पुरिए, कैंयौ पार्टीहरु विभाजित पनि भए, कुनै पार्टीहरु आफ्नो अस्तित्व रक्षाका लागी मण्डले बने, कोही राजसंस्थाको सुरक्षार्थ दरबार पसे, कोही संघर्षमा होमिए, केही गुमनाम समाजमा विलिन भए । अस्थिर राजनितिको यो श्रृंखला यो पावन भुमिमा अहिले पनि जारी नै छ ।

वर्तमान विश्व राजनीति र हाम्रै देशको राजनीति पनि तत्कालिन समयमै स्थापित राजनीतिक पाटीहरुको प्रभाव र नियन्त्रणभन्दा बाहिर हामी हाम्रो समाज र राष्ट जान सकेको पाइँदैन ।

गणतन्त्रकै प्रारम्भ र ऐतिहासिक संविधान सभाको चुनाव सम्मआई पुग्दानिर्वाचनआयोगमाकरिव बाह्र दर्जनराजनितिक पाटीका अभिलेखहरु हामीले देख्यौ, तीमध्ये करिव ३० वटा राजनीतिक दल संविधान निर्माणको अभियानमा संविधानसभाभित्रै अस्तित्वमा रहे । यस्तो प्रवृतिको नेपाली राजनीतिकै कारण देशमा न प्रजातन्त्र बलियो हुनसक्यो न गणतन्त्रको जग नै बलियो बन्न सक्यो । राजनीतिक दलमाथि कुनै पनि संवैधानिक थ्रेसहोल्डको परिकल्पनानहुदाकहि न कतै साना साना राजनीतिक दलहरुले सिंगो राजनितिलाई अस्थिर र फोहोरीबनाई राख्न सहयोग गरिरहे।

ऐतिहासिक संविधानसभा बाट संविधानको निर्माण सँगै राजनितिक पाटीहरुमा थ्रेस होल्डको व्यावस्थाभयो जस्को परिणाम हिजोका ३ दर्जन अस्तित्वमा रहेका राजनैतिकपाटीहरु ऐतिहासिक स्थानिय, प्रदेश र प्रतिनिधि सभाको चुनाव सम्मआई पुग्दा आधा दर्जनमा सीमित भएका छन । यो परिणाम देशको अव्यवस्थित राजनीति र अस्थिर सामाजिक मनोविज्ञानका लागि ठुलो चुनौती र देश निर्माण र विकासका लागि अवसरको रुपमा देखा परेको छ ।

गणतन्त्रकै प्रारम्भ र ऐतिहासिक संविधान सभाको चुनाव सम्मआई पुग्दानिर्वाचनआयोगमाकरिव बाह्र दर्जनराजनितिक पाटीका अभिलेखहरु हामीले देख्यौ, तीमध्ये करिव ३० वटा राजनीतिक दल संविधान निर्माणको अभियानमा संविधानसभाभित्रै अस्तित्वमा रहे ।

संविधान सभाबाट संविधान निर्माण पश्चात देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकताको बहस सुरु भयो, यसबीच मालामा समय माक्र्शवादी माओवादी आन्दोलनमा योगदान पुर्याएका बाबुरामले माक्र्सवाद र स्वयं सम्मिलित पाटी माओवादी विचार माथि प्रश्न उठाए । यो मुद्दा नेपालका बौद्धिक जमात र बुद्धिजीवीहरुका लागी राम्रै खुराक पनि बन्यो ।

सम्बन्धित् समाचार  खिइंदै गएका बाबुरामको आत्मघाती भविष्य

जेहोस इतिहासको अपरिपक्व समिक्षा र विष्लेषणको अभावका कारण नयाँशक्तिको यो अभियान नेपाली राजनीति कोमामा पुगेको छ । माओवादी जनयुद्धको रणनैतिक योजनाकार, परिवर्तनको एक खम्वा बाबुरामले माओवादी र प्रचण्ड माथि यति ठुलो चुनौति दिन्छ भन्ने कसैले सोचेकै थिएन्न, अनपेक्षितरुपमा बाबुरामले पार्टी छोडेर बैकल्पिक राजनीतिक शक्तिको खुल्ला बहसमा उत्रिए ।

हो, राजनीतिकरुपले सचेत जनता उत्कृष्ट राजनीतिको विकल्पकको खोजीमा हुन्छन तर त्यसका बारेमा सिंगो जनतालाई बुझाउन सक्नुपर्छ । भारत स्वतन्त्रपछि त्यहाँको भारतीय कांग्रेसको बारेमा पनि प्रश्न उठे, चीनमा जनगणतन्त्र पश्चात चिनियाँ कम्युनिष्ट पार्टीका सवालमा पनि प्रश्न उठे तर सही समिक्षा सहित तीनै राजनितिक पाटी र पाटीमा आबद्ध कार्यकर्ता र शुभचिन्तकहरु जनताको सेवामा लागे, अहिले भारतमा गान्धी र नेहरुले स्थापना गरेको कांग्रेस आईको भुमिका मुख्य नै छ, भलै पछिल्लो समयमा भारतीय जनता पार्टी सत्तामा छ, त्यस्तै माओले योगदान दिएको पार्टी पनि चीनमा अस्तित्वमै छ र विकासको गतिमा विश्वका सर्वशक्तिमान राष्ट्रहरुलाई चुनौती दिइरहेको छ ।

कुरा विचार र संगठनको होइन, कुरो नेतृत्व र चिन्तनको हो, विवेक र बुद्धिको हो । नेपालमा पछिल्लो समय नया राजनीतिक शक्तिको रुपमा चर्चामा रहेको नयाँशक्ति र विवेकशील साझा पार्टीको सवालमा थुप्रै प्रश्नहरु जन्मिए, नयाँशक्तिले माओवादीलाई रातो स्टिकर लागेको घरको रुपमा चित्रण गर्दै माओवादीसँगको सम्बन्धविच्छेद भयो तर संघ र प्रदेशको चुनावमा त्यही माओवादी सम्मिलित वाम गठबन्धनसँगको बार्गेनिंग गर्दै अन्तःनयाँशक्तिले निर्माण गरेका सवै राजनीतिकआदर्शहरु विर्सेर दरवारको समानान्तर निर्माण भएको पुरानो भत्केको दरवारसँगको चुनावी तालमेलले नयाँशक्ति र स्वयम बाबुरामको महत्वकांक्षा प्रष्ट भई सक्यो, अव नयाँशक्तिले समावेशिता, समानता, सुशासन, सम्वृद्धिजस्ता मुद्दाहरु पुरानो दरवारलाई बुझाइरहँदा स्वयम बाबुरामले पनि त्यहि दरबारको आर्शिवादमा संसद प्रवेश भएका छन । यो परिणामले राजनीतिक विद्वानका रुपमा विख्यात बाबुराम रातो स्टिकर लागेको घरबाट भत्केको दरवारमा बसाई सरेको प्रष्ट हुन्छ ।

कुरा विचार र संगठनको होइन, कुरो नेतृत्व र चिन्तनको हो, विवेक र बुद्धिको हो ।

उता नेपाली पत्रकारिताका जगतका बादशाह रविन्द्र मिश्रले पनि बाबुरामको जस्तै, तर फरक वैकल्पिक राजनीतिको वकालत गरे । पद्दति, पारदर्शिता, ईमान्दारिता र उत्कृष्टताभित्र सहभागितामुलक लोकतन्त्र, कल्याणकारी उद्धारवादी अर्थतन्त्रको आवरणमा निर्माण भएको विवेकशिल साझा पार्टी पनि राष्टियसभाको चुनावमार्फत बाबुरामकै बाटोबाट पुरानो भत्केको दरवारमा पेन्टिङ्ग गर्दैछ । यी दुवै वैकल्पिक राजनीतिक धारको यो दरबार प्रवेश सही थियो वा गलत इतिहासले बाबुराम र रविन्द्रलाई पुरस्कृत वा दण्डित गर्ला।

सम्बन्धित् समाचार  एक्लिए बाबुराम, नयाँ शक्ति कुनै पनि बेला फुट्न सक्ने

माओवादीभित्रै हुँदा मुख्यतः बाबुरामलाई देशले प्राप्त गरेको सवै राजनीतिक उपलब्धि आफ्नै राजनीतिक थेसिसको प्रतिफल हो भन्ने घमण्ड थियो जसको परिणाम बाबुराम माओवादी र प्रचण्डलाई साईजमा ल्याउन चाहनेहरुको गोटी बने र प्रयोग भए, प्रयोग हुने चिज सधैं स्खलित हुन्छ, अहिले बाबुरामको स्खलितरुप नयाँशक्ति हो ।

पछिल्लो समय पत्राकारिताको पेशाबाट राजिनामा दिएर नेपाली राजनीतिमा नयाँशिक्षकको रुपमा जन्मिएका रविन्द्र मिश्रको विवेकशिल साझा पार्टीले पनि सबै आदर्श र मुल्य–मान्यताहरु विर्सेर हिजो भ्रष्टचारीलाई किरा परुन् भन्ने रविन्द्रको पार्टी आज तिनै भ्रष्टहरुलाई राजनीतिले पुरस्कृत गर्नुपर्छ भन्नेहरुको दरवारको चौरासी ब्यान्जनमा आनन्दित भएको छनक पाईन्छ ।

माओवादीभित्रै हुँदा मुख्यतः बाबुरामलाई देशले प्राप्त गरेको सवै राजनीतिक उपलब्धि आफ्नै राजनीतिक थेसिसको प्रतिफल हो भन्ने घमण्ड थियो जसको परिणाम बाबुराम माओवादी र प्रचण्डलाई साईजमा ल्याउन चाहनेहरुको गोटी बने र प्रयोग भए, प्रयोग हुने चिज सधैं स्खलित हुन्छ, अहिले बाबुरामको स्खलितरुप नयाँशक्ति हो ।

एउटै उद्देश्य तर फरक पार्टी निर्माण गरेर वैकल्पिक राजनीतिमा होमिएका यी दुई पात्र अब त्यही पुरानो संसदवादी पाटीको आवरणभित्र रहेर राजनीतिमा होमिन सक्लान ? भ्रष्टचारीलाई किरा परुन् भन्ने विवेकशील साझा पार्टीले भ्रष्टहरुका लागि पुरस्कृत बोकेर दरबार पस्दै गर्दा जनताले विवेकशिलहरुको विवेकमाथि प्रश्न गर्न मिल्ने कि नमिल्ने ? नयाँशक्तिले पनि फेरि उही राजनीतिक महत्वकांक्षी चरित्र देखाउँदै जनतालाई नयाँको नाममा भ्रम फैलाउँदै जाने हो भने नेतृत्वको बुद्धिमाथि प्रश्न उठाउन पाउने कि नपाउने ? जनताले नयाँशक्ति र विवेकशील साझालाई पुरानो दरवार भित्रका बफादार सेवक भन्न पाउने कि नपाउने ?

सम्बन्धित् समाचार  विकास: कस्तो ? कसका लागि ?

जे होस्, बाबुराम र रविन्द्र मिश्रले यति छोटो समयमै आफ्नो महत्वकांक्षाका लागि गरेको गलत राजनीतिक प्रयोग र भत्केको दरबार प्रवेशसँगै नयाँशक्तिको बुद्धि र विवेकशील साझाको विवेक नेपाली जनताले राम्रैसँग बुझ्ने समय पाएका छन । अब उनै बाबुराम र रविन्द्रले जनतालाई भनिदिउन् कि नेपाली राजनीतिमा वैकल्पिक राजनीतिक पार्टीको बहसको च्याप्टर क्लोज भएको छ ।

धन्यवाद !

कमेन्ट गर्नुहोस्

%d bloggers like this: