चीनको कम्पनीले बाँड्यो २५० करोड बोनस, थैली नै बोकेर गए कर्मचारीहरु

बेइजिङ, चीनको एउटा कम्पनीले झोला भरेर बोनस दिएको छ ।

चीनको फाङदा स्पेशल स्टील टेक्नोलजीले आफ्ना कर्मचारीहरुलाई करिब अढाई सय नेपाली रुपैयाँबराबर बोनस बाँडेको हो ।
यति ठूलो रकम नगदरुपमा बाँडिएको थियो ।

समाचारमा उल्लेख भए अनुसार, बोनस पाउने कर्मचारीहरु ठूलो थैली बोकेर गएका थिए ।

कम्पनीको स्टील यूनिटमा करिब ५ हजार कर्मचारी रहेका छन् ।

उक्त कम्पनीको वार्षिक बिक्री आय १३०,००० करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले २५०० करोड बराबर बोनस बाँडेको थियो ।

बोनसमा बाँडिएको रकमको तौल मात्रै २ टन बढी भएको समाचारमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्