अब विद्यार्थी आन्दोलनको स्वरूप फेरिनुपर्छ

सञ्जय कार्की

‘विद्यार्थी’ शब्दको पर्यायार्थ ‘विधा चाहने’ भन्ने बुझिन्छ वा भनौ नियमित रूपमा विद्याध्यनमा लाग्ने व्यक्ति ने विद्यार्थी हुन् । कुनै शिक्षण संस्थामा अध्ययनरत व्यक्ति नै विद्यार्थी हो ।

विद्यार्थी जीवन मानव जीवनको स्वर्णिम विहानी हो । ‘बिहानीले दिनको सङ्केत गर्छ’ भने झै विद्यार्थी अवस्थामा अनवरत अभ्यासको कसीमा प्रतिभालाई घोटेर अध्ययनमा तल्लीन हुने विद्यार्थीको बा“की जीवन सुखमय हुने पूर्वानुमान गर्न सकिन्छ । आजका विद्यार्थी नै भोलिको राष्ट्रको गहना हुन् । आजका असल विद्यार्थीहरू भोलिका सफल नेता, प्रहरी, वैज्ञानिक, प्रँध्यापक, वकिल, पत्रकार र कर्मचारी हुन् ।

विद्यार्थीको समस्या र शैक्षिक अवस्थामा चासो नदिने र आफूलाई विद्यार्थी नेता भन्ने चलन अहिले अधिकांश क्याम्पसमा भेट्न र देख्न पाइन्छ । कतिपय विद्यार्थी नेताहरूको त क्याम्पसका कुनै पनि तहमा भर्ना भएको समेत पाइदैन ।

सञ्जय कार्की

राजनीति भन्ने शब्दले राज्यको नीति भन्ने अर्थ बुझाउँछ  । राज्यको नीति भनेको राज्यको शासन व्यवस्था सम्बन्धी नीति हो । अर्थात् राज्य सञ्चालन प्रणाली हो । पढाइ लेखाइमा संलग्न व्यक्ति विद्यार्थी र देशको राज्य सञ्चालनमा उपयोग हुने सिद्धान्त चाही ‘राजनीति’ भएकोले विद्यार्थी र राजनीति एकदम भिन्न–भिन्न विषय हुन् । विद्यार्थी र राजनीति अलग–अलग विषय भएर पनि यी दुई बीच मितेरी साइनो गा“सिएको छ । साठगाठ देखिएको छ ।

सम्बन्धित् समाचार  एकसाँझ–सोल टु सुन्धारा !

विद्यार्थीहरूले राजनैतिक विचारको वा राजनैतिक पद्धतिको अध्ययनद्वारा आङ्खनो ज्ञानको फाँट फराकिलो पार्न सक्छन् । अध्ययन मननमा तल्लीन भएर राजनीतिको रहस्यमय पत्रपत्र पटल्याउन सक्छन् । तर अहिलेका विद्यार्थी राजनीति पढ्न भन्दा वेशी राजनीति गर्नमा तल्लीन देखिन्छ ।

मुलुक परिवर्तनका संवाहक विद्यार्थी सङ्गठनहरू राजनैतिक दलको भातृसङ्गठन बनेका छन् । सामाजिक रूपमा देखिएको बेथिति होस् वा शैक्षिक क्षेत्रमा देखिएको चरम अनियमितता होस् विद्यार्थी सङ्गठन र तीनका नेताले वकालत गर्नु पर्दछ । न कि विद्यार्थी सङ्गठन राजनैतिक पार्टी ‘गोटी’ मात्र बन्नु हुन्न ।

विद्यार्थी आन्दोलन खस्किदो अवस्थामा गुज्रिरहेको छ । हिजो राजतन्त्रको अन्त्य होस् वा गणतन्त्रको स्थापना, सीमा अतिक्रमण, राष्टियता र स्वाधिनताको विषयमा होस् वा शैक्षिक क्षेत्रको बेथितिमा ‘ज्वाला ओकल्ने’ विद्यार्थी सङ्गठन आङ्खनो आन्दोलनमा चुक्दै गइरहेको छ ।

मन मिल्नेहरूको एउटा झुण्ड बनाउने, गुट उपगुट बनाउने, क्यान्टिनमा बसेर चिया पिउने, क्याम्पसको कक्षाकोठामा प्रवेश नगरी क्यान्टिन बाटै घर फर्कने, वास्तविक विद्यार्थी माझ नजाने, विद्यार्थीको समस्या र शैक्षिक अवस्थामा चासो नदिने र आफूलाई विद्यार्थी नेता भन्ने चलन अहिले अधिकांश क्याम्पसमा भेट्न र देख्न पाइन्छ ।

विद्यार्थीहरूले राजनैतिक विचारको वा राजनैतिक पद्धतिको अध्ययनद्वारा आफ्नो ज्ञानको फाँट फराकिलो पार्न सक्छन् । राजनीतिको रहस्यमय पत्रपत्र पटल्याउन सक्छन् । तर अहिलेका विद्यार्थी राजनीति पढ्न भन्दा वेशी राजनीति गर्नमा तल्लीन देखिन्छ । 

कतिपय विद्यार्थी नेताहरूको त क्याम्पसका कुनै पनि तहमा भर्ना भएको पाइदैन । अधिकांश क्याम्पसमा एउटै सङ्गठनको समानान्तर कमिटीहरू देख्न सकिन्छ । विद्यार्थी सङ्गठन किन ? के विद्यार्थी सङ्गठनका नेताहरू गुट उपगुटमा सीमित रहने हो त ? हो भने मुलुक परिवर्तनका संवाहक, सडक बाधको पर्याय विद्यार्थी सङ्गठन क्लबको रूपमा रूपान्तण नहोला भन्न सकिन्न । विद्यार्थीका शैक्षिक जायज मागहरूको नेतृत्व जुनसुकै विद्यार्थी सङ्गठनले गर्न सक्नु पर्दछ ।

सम्बन्धित् समाचार  एमालेदेखि कांग्रेस र विप्लवदेखि जनमोर्चाको मोर्चाबन्दी– जसरी पनि माओवादी हराऔं

उदाहरण नं. १

शिक्षाशास्त्र केन्द्रीय विभागमा अध्ययन गर्ने विद्यार्थीहरूले ‘शिक्षा ऐन २०२८ को नवौं संशोधन’ को विरुद्धमा आन्दोलन चर्कायो ।

जुन आन्दोलन विद्यार्थीको हितमा थियो । किन यो आन्दोलन अनेरास्ववियूको व्यानरमा हुन सकेन ? किन ने.वि.संघको अगुवाईमा हुन सकेन ? किन अखिल क्रान्तिकारीको नेतृत्वमा हुन सकेन ? किन विद्यार्थी सङ्गठनहरू हजारौं विद्यार्थीको भविष्यको पक्षमा सडकमा उत्रन सक्दैन ?

उदाहरण नं. २

शिक्षा, स्थानीय सरकारको जिम्मामा गइसकेको छ । ‘स्थानीय सरकार र शिक्षा’ विषयमा सरोकारवाला, शिक्षाविद् र राजनैतिक दल बीच अन्तरक्रिया, बहस प्रत्येक प्रदेशमा किन गर्न सक्दैन विद्यार्थी सङ्गठनहरू ?

उदाहरण नं. ३

केन्द्रीय क्याम्पस कीर्तिपुर, ल क्याम्पस, शंकरदेव क्याम्पस, त्रिचन्द्र, वाल्मीकी, महेन्द्ररत्न क्याम्पस, ताहाचल लगायतका स्ववियू निर्वाचन नभएको अवस्थामा र विद्यार्थीहरूको हक, हित र अधिकार प्राप्तिका लागि भनेर स्थापित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन किन सबै क्याम्पसमा गराउन सक्दैन विद्यार्थी सङ्गठनहरू ?

उदाहरण नं. ४

विश्वविद्यालय अन्तर्गत कतिपय विषयहरूमा विद्यार्थीको चाप कम भएका छन्, त्यस्ता विषयहरू विस्थापित गरी विद्यार्थी आकर्षणका नयाँ विषयहरू थप गर्न विश्वविद्यालयस“ग किन अन्तरक्रिया गर्न सक्दैन विद्यार्थी सङ्गठनहरू ?

सम्बन्धित् समाचार  अहिले आएर–‘गाई र हेलो हाई’ ?

उदाहरण नं. ५

राजनीतिक पार्टीहरूको भागवन्डाको आधारमा विश्वविद्यालय र क्याम्पसका पदाधिकारीहरू नियुक्त हुने परिपाटीका अन्त्य गर्न र तीनको ठाउँमा बरिष्ठता र विज्ञताको आधारमा नियुक्त गर्नको लागि किन, दबाब सिर्जना गर्न सक्दैन विद्यार्थी सङ्गठनहरू ?

उदाहरण नं. ६

मुलुकमा रोजगारीको सिर्जना नभएर दैनिकी हजारौ विद्यार्थीहरू विदेश गइरहेका छन् । उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूको रोजगारी स्वदेशमै ग्यारेण्टी गर्न राज्यको ध्यानाकर्षण गर्न किन सक्दैन विद्यार्थी सङ्गठनहरू ?

उदाहरण नं. ७

परीक्षा नियन्त्रण कार्यालय बल्खुको ढिलासुस्ती परीक्षाफल प्रकाशनमा ढिलाई, ट्रान्सक्रिप्ट वितरणमा ढिलाई, डिन कार्यालयहरूले सेमेष्टर प्रणालीको परीक्षाफल ७ महिना पछि प्रकाशित गर्दा पनि किन दबाब दिन सक्दैन विद्यार्थी सङ्गठनहरू ?

त्यसैले विद्यार्थी सङ्गठनहरूको गौरवमय इतिहास जोगाउन र रच्नको निमित्त पनि अनेरास्ववियूकी अध्यक्ष नविना लामा झुक्नु हुँदैन । अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ चुक्नु हुँदैन । ने.वि.संघका सभापति नैनसिह महर लुक्नु हुँदैन ।

– लेखक केन्द्रीय क्याम्पस, कीर्तिपुरका स्ववियू सचिवका उम्मेदवार हुन् । 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: