Video: उपचारका लागि पैसा जुटाउन आफ्नै दुध बेच्दै यी आमा

 

छोरीको उपचारका लागि रकम जुटाउन एकजना आमाले सडकमा आफ्नै दूध बेचेको समाचार अहिले भाइरल बनेको छ ।

घटना चीनको हो।

डेलि मेलमा प्रकाशित समाचार अनुसार आइसीयुमा भर्ना भएकी आफ्नी छोरीको उपचारका लागि उनीहरूलाई कम्तिमा एक लाख युआन (करिब १६ लाख रुपैयाँ) आवश्यक भएकोले दुध बेच्न खोजिएको उनीहरुले बताएका छन्।

चीनको सोसल मिडिया वीबोमा यो भिडियो सेयर भएपछि २४ लाख भन्दा बढी पटक हेरिएको छ। त्यसमा ५०० भन्दा बढी कमेन्ट आएका छन्।

 

गुवाङ्डुङ प्रान्तको ठूलो सरह शेन्जनस्थित एक बच्चाको पार्कमा खिचिएको भिडियोमा आमा भन्छिन्, .‘जतिसक्दो चाँडो पैसा जम्मा गर्न मेरो दूध बेचिरहेकी छु।’ बुबा भन्छन्, ‘अस्पतालमा एक लाख युआन तिर्नुछ। डाक्टरले तत्काल रकम जम्मा गर्न भनेका छन् ।’

पछिल्ला वर्षहरूमा चीनमा स्वास्थ्य सेवा पाउन निकै गारो परेको छ । कतिपय अवस्थामा त पालो पाउन समेत घुस तिर्नुपर्ने अवस्था छ ।

धेरैले ती आमाबाबुका पक्षमा सहानुपाति दर्शाउँदै सहयोगका लागि अपील गरेका छन् ।

कमेन्ट गर्नुहोस्