यसरी बढ्दैछ बैंकहरुको निक्षेप लागत, कर्जा निक्षेप अनुपात र आधार व्याजदर

काठमाडौं । कोषको लागत तिब्ररुपमा बढेको बैंकहरुको कर्जा निक्षेप अनुपातमा तिब्र वृद्धि भएको छ । सरकारी खर्चमा भएको ढिलासुस्तीले चरम बनेको रकम अभावले बैंकहरुको व्याजदरमा उछाल आएको छ ।

यो अवस्था अझै भयावह हुने संकेत पनि देखिएको छ । आधार व्याजदरमा भने केही गिरावट आएको तथ्यांकले देखाउँछ । यहाँ हामीले पछिल्ला ३ वटा त्रैमासको तुलनात्मक अध्ययन प्रस्तुत गरेका छौं ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा सामान्य अवस्थामा रहेको बैंकहरुको कर्जा निक्षेप अनुपात अहिले राष्ट्र बैंकले तोकेको सीमा नाघ्ने अवस्थामा पुगेको छ । कोषको लागतमा आएको तिब्र बढोत्तरीले आधार व्याजदर पनि तिब्र गतिमा माथि चढेको छ ।

आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढ्ने भएकाले उल्लेखित सूचकहरु गत आर्थिक वर्षको चौथो त्रैमासमा सामान्य अवस्थामा रहेका हुन् । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुगांना भन्छन्, ‘सरकारी खर्च हुन नसक्दा अहिलेको अवस्था आएको हो।’

पछिल्ला तीन त्रैमासिक अविधमा बैंकहरुको कोषको लागत कति बढ्यो रु यो तथ्य हेरौं ।

कोषको लागत जति कम भयो वित्तीय संस्थाको आम्दानी त्यति नै धेरै हुने अवस्था रहन्छ । समग्र वित्तीय क्षेत्रबाट सेवा लिने सेवाग्राहीले पनि त्यसको फाइदा लिन सक्छन् । अहिले यो सूचक बढ्दा सेवाग्राही चर्को व्याजदरको मारमा परेका छन् ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा वाणिज्य बैंकहरुके औषत कोषको लागत ५.२६ प्रतिशत रहेकोमा गत पुस मसान्तमा ६.६६ प्रतिशत छ । प्रत्येक बैंकहरुको ३ वटा त्रैमासको बढ्दै गएको लागत कोषको सूचक यस्तो छ ।

मेरोलगानीबाट साभार

कमेन्ट गर्नुहोस्