एक करोड ७६ लाख कित्ता एफपिओ निष्कासन गर्ने नेपाल बैंकको प्रस्ताव

नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याइसकेको नेपाल बैंक लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपिओ) जारी गर्ने भएको छ । माघ २३ गते बसेको बैंक संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

बैंकले प्रिमियम मूल्यमा एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने प्रस्ताव गरेको छ । बैंकले एफपिओ निष्कासनको प्रस्ताव आगामी साधारणसभामा लग्ने जानकारी दिएको छ ।

एफपीओ निष्काशन गर्ने सोचमा नेपाल बैंक

नेपाल बैंकले चालु आवको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा एक अर्ब ६३ करोड ८४ लाख खुद नाफा कमाएको छ । चुक्ता पूँजी ८ अर्ब ४ करोड २६ लाख रुपैंया पुर्याएको बैंकको प्रतिसेयर आम्दानी ४० रुपैंया ७४ पैसा छ । प्रतिसेयर नेटवर्थ १ सय ५९ रुपैंया १८ पैसा रहेको छ ।

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!