किष्ट मेडिकल कलेजमा विद्यार्थी अध्यक्ष तामाङ, लामालगायतको टोलीको अनुगमन, सञ्चालक फरार

ललितपुर। मेडिकल शिक्षामा मनमरी शुल्क लिने कलेजमा अनुगमन गर्न अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियु अध्यक्ष नविना लामा र नेविसंघ कावा अध्यक्ष पुष्प शाही नेतृत्वको संयुक्त टोली बिहीबार किस्ट मेडिकल कलेजमा पुगेको छ।

अनुगमनका क्रममा संयुक्त विद्यार्थी संगठनको टोलीले भर्ना शाखा, लेखा शाखा र प्रशासनमा पुगेर शुल्क सम्वन्धी विषय वुझेका थिए। अनुगमन टोली आएको थाहा पाएपछि किस्ट कलेजका अध्यक्ष आशिष थापा प्रहरीको सहरा लिएर विद्यार्थीको घेरा तोडी भागेको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए।

अनुगमनका क्रममा एमविविएसमा प्रति विद्यार्थी ६२ लाख र विडिएसमा ३६ लाखसम्म असुलेको बस्नेतले जनाए। सरकारले एमविविएसमा ३८ लाख ५० हजार र विडिएसमा १९ लाख २५ हजार मात्र लिने निर्देशन दिएको छ ।

अनुगमनका क्रममा तोकिएको मापदण्ड अनुसार वेडमा विरामी नभएको र ल्याब र भौतिक पूर्वाधारसमेत अपर्याप्त रहेको विद्यार्थी नेताहरुले वताए।

तीन विद्यार्थी संगठनहरूले चर्को शुल्क लिएका पाँचवटा मेडिकल कलेज र कर नवुझाउने विद्यालयहरुको अनुगमन गर्न प्रत्येक संगठनबाट सात जनाको दरले २१ सदस्यीय अनुगमन टोली वनाई अनुगमन थालेका छन् ।

कमेन्ट गर्नुहोस्