अक्षय कुमार र अनुष्काको फिल्म ‘प्याडम्यान’ ले प्रदर्शनको पहिलो दिन मै बलिउडको रेकर्ड ब्रेक गर्दै

काठमाडौं।अक्षय कुमारको बहुचर्चित फिल्म ‘प्याडम्यान’ आज रिलीज भएको छ । फिल्मको कमाइलाई लिएर विजनेस एक्सपर्ट अमूल मोहनले भनेका छन, ‘फिल्म प्याडम्यानले पहिलो दिन मै करिब १३ करोड कमाउन सक्छ ।’

प्याडम्यानको कमाई अक्षयको अर्को फिल्म ‘जॉली एलएलबी २’ र ‘टॉयलेट एक प्रेमकथा’ को जत्तिकै हुन अनुमान छ । किनकी पैडमैन नियन्त्रीत बजेट फिल्म हो । त्यसैका कारण यसले थिएटरबाटै राम्रो आम्दानी गर्ने आशा गरिएको छ । यदि त्यस्तो भयो भने पैडमैन अक्षयकुमारको लगातार १०० करोड क्लबमा प्रवेश गर्ने छैठौं फिल्म हुने छ ।

यसअघि अक्षय कुमारको एयरलिफ्ट, हाउसफुल ३, रुस्तम, जॉली एलएलबी २ र टॉयलेट एक प्रेमकथा लगायतका फिल्म लगातार १०० करोड क्लबमा पुगीसकेका छन् ।

फिल्मको कथा तमिलनाडुको पद्म अवॉर्डी र अरुणाचलम मुरुगनाथनको जीवनमा आधारित छ । जसलाई ‘मेंस्ट्रुअल मैन’ नामले पनि चिनिन्छ । जसले सस्तोमा सेनेटरी प्याड बनाएर श्रीमति, बहिनी र अन्य महिलालाई माहिनावारीमा हुने कष्टबाट मुक्त गरे ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ‘सन्जू’ बक्सअफिसमा एकपछि अर्को रेकर्ड ब्रेक गर्दै, परिवारमा भने तनाब !
%d bloggers like this: