६ लेन सडक निर्माणमा ठेकेदारको चरम लापरबाही

कैलाली। कैलालीको धनगढीमा निर्माणाधिन ६ लेन सडकको नाली मापदण्ड विपरित निर्माण भइरहेको पाइएको छ । सडक अन्र्तगत पर्ने धनगढी उप–महानगरपालिका–३ राजपुरमा निर्माण भइरहेको नाली मापदण्ड विपरीत भइरहेको पाइएको हो ।

मापदण्ड विपरीत भएको भनेर नाली अहिले भत्काइ सकिएको छ । साथै, नाली निर्माणमा रहेको वालुवामा माटो मिसिएको पाइएको छ । तर, योजना कार्यालयले भने त्यो कुरा स्वीकार गर्न तयार छैन । स्थानीयले प्रत्यक्ष बालुवामा माटो प्रयोग भएको देखेपनि योजना कार्यालय भने आँखा चिम्लीरहेको छ । उल्टा योजना कार्यालय भने बालुवामा माटो प्रयोगै नभएको भनेर दाबी गर्दछ ।

मापदण्डअनुसार नै काम भइरहेको साथै माटो मिसिएको बालुवा नाली निर्माणमा प्रयोग नभएको योजना कार्यालयका सव–इन्जिनियर भूपेन्द्र बडालले दाबी गरे । उनले पत्रकारलाई संगैं लगेर प्रत्यक्ष अवलोकन पनि गराएका थिए ।

पत्रकारले उनलाई बालुवामा त अलि माटो देखियो भनेर प्रश्न गर्दा ? उनले उत्तर दिदै भने,–ढलानको माटो देखिएको हो । बालुवामा कतै माटो छैन । यो बालुवा पूरै क्रसर गरेर ल्याइएको यसमा कुनै शंका छैन ।

सडकमा कुनै पनि कमसल सामग्री निर्माण नभएको समेत सव–इन्जिनियर ्र बडालले बताए । दुई दिन अघि स्थानीयले त्यहाँ निर्माण भइरहेको नालीमा कमसल सामग्री प्रयोग भइरहेको गुनासो गरेका थिए । साथै, उनीहरुले नाली निर्माणका क्रममा पानी हाल्नुपर्ने भएपनि कामदारले त्यस्तो नगरेको गुनासो गरेका छन् । नियमीत पानी हाल्नुपर्ने भएपनि कहिलेकाहिँ मात्रै पानी हालेको देखेको स्थानीय बताउँछन् ।

६ लेन सडक अन्र्तगत राजपुरमा स्थित सडकको नाली निर्माणमा ठेकेदारको चरम लापरबाहि देखिएको हो । ठेकेदारले डिजायनको ख्यालै नगरि नाली निर्माण गर्न लगाउ“दा अहिले समस्या देखिएकोे छ । दाया“ साइडमा अग्लो नाली निर्माण गर्नुपर्ने भएपनि बाया“ साइडमा निर्माण गर्दाे निर्माण गरेको नाली दुइ दिन लगाएर भत्काइएको छ । ठेकेदारको यस्दो लापरबाहिका कारण ठूलो रकम त्यसै खेर गएको छ ।

ठेकेदारको लापरबाहिका कारण यस्तो हुन पुगेको सडक योजना कार्यालयले जनाएको छ । आफूहरुले त नियमित अनुगमन गरिरहेका भएपनि ठेकेदारको बदमासीका कारण यस्तो हुन पुगेको बडालले बताए ।

यस्तै, नाली निर्माणमा गलत तरिकाले तेस्रो पारेर ढुंगाको प्रयोग भएको पाइएको छ । नाली निर्माणमा संग्लन कामलारले पनि यस्तो गल्ती भएका स्वीकार गरेका छन् । अब यस्तो गल्ती नगर्ने कामदारले बताएका छन् । ठेकेदारले पनि कुनै गुनासो नगरेकाले आफूहरुले तेस्रो ढुंगा राखेर नालीको चीनाइ गरेको नाली निर्माणमा काम गर्ने मजदुरले बताएका छन् ।

नाली निर्माणको काम भइरहेका बेला प्राविधिकले पनि निरीक्षण नगर्ने गरेका कारण निर्माण कार्यमा चरम लापरबाहि देखिएको छ । अहिलेसम्म सडकको भौतिक प्रगति १५ प्रतिशत पुगेको योजना कार्यालयले जनाएको छ । यो योजना डेढ अर्ब बढिको लागतमा दुई बर्ष भित्र निर्माण गर्ने सम्झौता गरिएको छ ।

तत्कालिन धनगढी नगरपालिकाले सडकको बीच भागदेखि दाया“–बाया“ २३ दशमलव ७ मिटर भित्रै घर नक्सा पास गरेकोले नक्सा पास गरि बनाइएका संरचना हटाउन नहुने भन्दै स्थानीयले सर्वोच्चमा मुद्दा हालेपछि एक महिना देखि धनगढी चौराह देखि शहिदगेटसम्मको निर्माण कार्य ठप्प छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!