वाम सरकारले शिक्षामा रहेको निजी लगानीलाई निषेश गर्नुपर्छ : गौतम

नुवाकोट । अखिल क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले अब बन्ने वामपन्थी नेतृत्वको सरकारले शिक्षामा निजी क्षेत्रको लागानीलाई हटाउने पर्ने बताएका छन् ।

शनिबार अखिल क्रान्तिकारी नुवाकोटले गरेको अन्तक्रिया कार्यक्रममा गौतमले समाजवादी शिक्षाको दिशामा अगाडि बढ्दा विध्यालय शिक्षामा निजी लगानीलाई निषेध गर्नुपर्ने बताए।

‘सार्वजनिक शिक्षाको स्तरोन्नति गर्दै आवधिक कार्ययोजना निर्माण गरेर विद्यालय शिक्षामा निजी लगानी विस्थापन गर्नुपर्छ’, उनले भने, ‘विभेदकारी उत्पादन बन्द नगरेसम्म शिक्षाको विकास सम्भव छैन।’

उपाध्यक्ष गौतमले शिक्षामा कम्तिमा कुल बजेटको २० प्रतिशत छुट्याउन सरकारसँग माग समेत गरे। उनले अब बन्ने वाम सरकारले दक्ष र प्राविधिक जनशक्ति उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र नुवाकोट इन्चार्ज विमला सुवेदीले शिक्षा मौलिक हकको रुपमा लिपिबद्द भएकाले वाम सरकारले शिक्षामा आवश्यक बजेट विनियोजन गर्न प्रतिवद्द रहेको बताइन्।

क्रान्तिकारी नुवाकोटको अध्यक्ष प्रभाष सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अकेन्द्रीय सचिव पवन कार्की, केन्द्रीय सदस्य समिर पाण्डे, प्रदिप शर्मा लगायतको सहभागिता रहेको थियो।

पछिल्लो समय अखिल क्रान्तिकारीले माउ पार्टी र संविधानको प्रस्तावनामा उल्लेख भएको समाजवाद उन्मुख शासन व्यवस्था निर्माणका लागि त्यस अनुरुपमा शिक्षा हुनु पर्ने बताउदै आएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: