प्रथम अंग्रेजी भाषा शिक्षण एवं प्रायोगिक भाषाविज्ञान सम्मेलन सम्पन्न  

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र संकाय अन्तर्गत अंग्रेजी शिक्षा विभागको आयोजनामा प्रथम अंग्रेजी भाषा शिक्षण एवं प्रायोगिक भाषाविज्ञान सम्मेलन सम्पन्न भएको छ ।

शुक्रवार बिहान दीप प्रज्ज्वलनका साथ उद्घाटन गरिएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाँको प्रमुख आतिथ्य रहेको थियो । उक्त सत्रको सभापतित्व त्रिवि, अंग्रेजी शिक्षा केन्द्रीय विभागका विभागाध्यक्ष डा. प्रेमबहादुर फ्याकले गरेका थिए ।

कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी, शिक्षाशास्त्र संकायका डीन प्रा. डा. कृष्णप्रसाद गौतम, ब्रिटिश काउन्सिल र द रिजनल इंगलिस ल्याङ्ग्वेज अफिस- रेलोका प्रतिनिधिहरू लगायत त्रिविका पदाधिकारी एवम् पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

शनिवार सम्पन्नउक्त सम्मेलनको उद्घाटन सत्रको प्रमुख वक्ताका रुपमा प्रा.डा. अभि सुवेदी र न्युजिल्याण्डकी डा. क्यारोल ग्रिफिथ्स  रहेका थिए ।

‘परिवर्तनका सम्वाहकका रुपमा शिक्षक: शिक्षण, शोध र सहकार्यबाट सिकाइ’ भन्ने नाराका साथ सम्पन्न उक्त सम्मेलनमा नेपाल, भारत र बंगलादेशका प्रस्तोताहरूले आ-आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा अंग्रेजी भाषा शिक्षणका विविध पक्षहरू, नेपालको सन्दर्भमा बहुभाषा शिक्षण र वर्तमान भाषिक नीति एवंम् पाठ्यक्रम निर्माण तथा पाठ्यपुस्तक लेखन सम्बन्धी परिचर्चाहरू भएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: