रोनाल्डोको कीर्तिमानी ह्याट्रिकसँगै सोसिडाडमाथि मड्रिड शानदार जित

काठमाडौं । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले सपेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा ह्याट्रिक गरेका छन् । रोनाल्डोको ह्याट्रिकसन्गै रियल मड्रिडले रियल सोसिडाडाथि ५–२ को शानदार जित निकालेको छ ।

क्रिष्टियानो रोनाल्डोको यो स्पानिस ला लिगामा ३३ औं ह्याट्रिक हो । यस खेललाई च्याम्पियन्स लिग अन्तर्गत आगामी बुधबार फ्रान्सेली जायन्ट पीएसजीविरुद्धको खेलको वार्मअपको रुपमा हेरिएको छ ।

खेलको पहिलो मिनेटमै लुकार भाजक्वेजको गोलका लागि पास उपलब्ध गराएका रोनाल्डोले २७ औं मिनेटमा मार्सेलोको क्रसमा गोलको खाता खोले । ३७ औं मिनेटमा लुका मोड्रिकको कर्नरमा हेड गोल गर्दै रोनाल्डोले व्यक्तिगत गोल संख्या दुई बनाए । त्यसको तीन मिनेटअघि टोली क्रुजले गोल गरेका थिए ।

पहिलो हाफमा चार शून्यको अग्रता बनाएको रियल मड्रिडले दोस्रो हाफको सुरुमै गोल खायो । तर रोनाल्डोले क्लोज रेञ्जबाट गोल गरी ह्याट्रिक पूरा गरे पनि टिमका लागि पाँचौं गोल गरे । त्यसपछि सोसिडाडका इरामेण्डीले टिमका लागि दोस्रो गोल गरे पनि हार टार्न सकेनन् ।

जितका बाबजुद यो सिजन रियल मड्रिडको हातबाट ला लिगा फुस्किसकेको छ । रियल अझै बार्सिलोना भन्दा १६ अंकले पछाडि छ । त्यसैले सिजनमा उसले आशा गर्ने ठाउँ भनेको च्याम्पियन्स लिगमा मात्र हो । अघिल्ला दुई सिजनमा प्रतियोगिताको उपाधि जितेको रियल अहिले घरेलु लिगमा कमजोर अवस्थामा छ ।

सम्बन्धित् समाचार  रोनाल्डो यो पटक पनि टिममा अटाएनन्

रोनाल्डोको च्याम्पियन्स लिग लयमा कुनै शंका छैन । किनभने उनी पहिलो खेलाडी हुन् जसले च्याम्पियन्स लिग समूह चरणको हरेक खेलमा गोल गरेका छन् । ६ खेलमा उनले ९ गोल गरेका छन् ।

तर ला लिगामा उनले नयाँ वर्ष सुरु हुनुअघि मात्र ४ गोल गरे । यस ह्याट्रिकसमेतले लालिगाको २२ खेलमा उनको गोलसंख्या ७ पुगेको छ । रोनाल्डोजस्ता सुपरस्टारका लागि यो आंकडा पक्कै पनि सुहाउँदैन ।

ला लिगाको जारी सिजन गोल गर्न नसकेर आलाचना ब्यहोरिरहेका रोनाल्डोले घरेलु मैदान सान्टियागो बर्नबाउमा ह्याट्रिक पूरा गर्दै लयमा फर्किएको संकेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: