ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको मूल्यमा दुई सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार ५७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य भने स्थिर नै रहेको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ७ सय ३५ रुपैयाँ कारोबार भएको थियो भने सोमबार पनि ७ सय ३५ रुपैयाँमै कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  कतिमा बिक्री भइरहेको छ सुनचाँदी ?
%d bloggers like this: