सांग्रीला डेभलपमेन्ट बैंकमा शेयर अावेदन दिने सोमबार अन्तिम दिन

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले गत पुस १७ गते बिक्रीमा ल्याएको ८० प्रतिशत हकप्रद शेयरमा आवेदन गर्ने सोमबार अन्तिम दिन रहेको छ । बैंकले १० बराबर आठ अनुपातमा एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।

बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । बैंकले हकप्रद जारी गर्न मंसिर २७ गते बुधबारदेखि बुक क्लोज गरेको थियो । यसअनुसार मंसिर २६ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका बैंकका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

हकप्रदमा आस्बा सदस्यमा सहभागि सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन गर्न सकिनेछ । त्यस्तै विक्री प्रबन्धकको कार्यालय कमलादी, सांग्रीला डेभलपमेन्ट बैंकको कार्यायल बालुवाटार तथा अन्य सम्पुर्ण शाखा कार्यालयबाट आवेदन गर्न सकिनेछ । प्रभु बैंकको शाखाहरु बनेपा, विराटनगर, वीरगञ्ज,जनकपुर, र दमक शाखाबाट पनि आवेदन गर्न सकिने क्यापिटलले जनाएको छ ।

बैंकको जेठ १९ गते सम्पन्न १२ औं बार्षिक साधारण सभाले ८० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो ।

एक अर्ब ३५ करोड पूँजी रहेको बैंकको ८० प्रतिशत हकप्रद निश्कासनपछि चुक्ता पूँजी दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको दुई अर्ब ५० करोड पूँजी गत आर्थिक बर्षको बोनस वितरण गरि कायम गर्ने बैंकले जनाएको छ ।

मेरोलगानीबाट साभार

कमेन्ट गर्नुहोस्