अखिल क्रान्तिकारीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

कपिलबस्तु । अखिल क्रान्तिकारी वाणगंगा बहुमुखी क्याम्पस ईकाई समितिको आयोजनामा आज क्याम्पसमा रक्त दान कार्यक्रम सम्पन्न गरेको भएको छ ।

नेपाल रेडक्रस सोसाईटी बुटवल भैरहवाको विशेष सहयोगमा आयोजित कार्यक्रममा २५० भन्दा बढीको सहभागीता रहेको कार्यक्रममा ८२ युनिट रगत संकलन भएको थियो ।

कार्यक्रम अखिल क्रान्तिकारी वाणगंगा बहुमुखी क्याम्पस लौगाईका अध्यक्ष मदन पौडेलको अध्यक्षता, कपिलवस्तुका प्रदेशसभा सदस्य विष्णु पंन्थीको प्रमुख अतिथियता, रेडक्रस सोसाईटीका प्रविधिक हरिप्रसाद सापकोटा, अखिल क्रान्तिकारी केन्द्रीय सचिव नारायण खनाल, अनेरास्ववियु केन्द्रीय सदस्य टुकलाल गैरे तथा जिल्ला अध्यक्ष बाबुराम अर्याल लगायत जिल्ला का विशिष्ट नेताहरु को सहभागी रहेको थियो ।

प्रविधिक सापकोटाले भने, ‘५ नम्बर प्रदेशका सबै ठाउँहरुमा ईकाई समितिले आयोजना गरेका यस्ता कार्यक्रममा सबै भन्दा धेरै रगत संकलन भएको यो पहिलो रेकर्ड रहेको हो । अध्यक्ष मदन पौडेलले रगतको कमीले कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रम आयोजना गरेको बताए ।

कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सचिब नारायण खनाल, पुर्व केन्द्रीय सदस्य भेषराज बन्जाडे (बिनायक), अनेरास्ववियु केन्द्रीय सदस्य टुकलाल गैरे तथा जिल्ला अध्यक्ष बाबुराम अर्यालसहित विभिन्न समाजजसेवि ब्याक्तिहरु ले रक्तदान गर्नुभयको थियो योग रहेको थियो । कार्यक्रममा रक्तदान गर्न सम्पुर्ण लाई प्रमाण पत्र वितरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: