नेपालले लियो केन्याका ७ विकेट, सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन २ आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग भिडिरहेको छ । टस जितेर फिल्डिङ राजेको नेपालले ताजा आवस्थामा केन्याको सातौं विकेट झारेको छ ।

केन्याका सातौं विकेट शरद भेषावकरले लिएका हुन । उनले केन्याका गुरदिप सिंहलार्इ २ रनमा आउट गरेका हुन् । यसअघि छैंटौ विकेट सोमपाल कामीले लिएका थिए ।

४३ औं ओभरमा सोमपालले २७ रन बनाएर खेलिरहेका केन्याका कोलिन्स ओबुन्यालाई आउट गरेका हुन् ।

त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाली युवा खेलाडी सन्दीप लामिछानेले केन्याका एक्लै चार विकेट लिएका थिए । भने बसन्त रेग्मीएक विकेट लिएका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  'पिंक वन डे'बाट लयमा फर्कियो दक्षिण अफ्रीका, भारतलाई पाँच विकेटले दियो मात
%d bloggers like this: