केन्याविरुद्ध सन्दीपको करिअरकै उत्कृष्ट बलिङ, एक्लै झारे केन्याकाे पाँच विकेट

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन २ आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग भिडिरहेको छ । नेपालले टस जितेर फिल्डिङ राजेको खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका छन् ।

अन्तर्राष्ट्रिय खेल जीवनमा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियाविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका सन्दीपले आज विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको केन्याविरुद्धको खेलमा खेल जीवनकै उत्कृष्ट बलिङ गरेको हुन ।

नामिबियाको ओण्डरर्स क्लब मैदानमा भएको खेलमा सन्दीपले १० ओभर बलिङ गरेर ५ मेडन राख्दै २० रन दिएर ५ केन्याको विकेट लिए ।

आईपीएल टोली दिल्ली डेयरडेभिल्सका यी १७ वर्षे युवा स्टारले केन्याविरुद्ध आज जादू नै देखाए । ६५ रन हुँदा कुनै विकेट नगुमाएको केन्याविरुद्ध सन्दीपले आफ्नो बलिङले विपक्षी ब्याट्सम्यानलाई कायल पारे ।

प्रतियोगिताको पहिलो खेलमा सन्दीपले नामिबियाविरुद्ध ४ विकेट लिएका थिए । भने दोस्रो खेलमा ओमानविरुद्ध २ र तेस्रो खेलमा युएईविरुद्ध ३ विकेट लिएका थिए । जारी प्रतियोगिताको चार खेलमा सन्दिपले १४ विकेट लिएका छन् ।

सम्बन्धित् समाचार  आइपीएलको पहिलो खेलबाटै सन्दीपलाई वाहवाही, आइपीएलले भन्यो ‘ऐतिहासिक’

यो प्रतियोगितामा सबै भन्दा बढी विकेट लिने बलरमा सन्दीप पहिलो नम्बरमा छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: