नेपाललार्इ केन्याले दियो जितका लागि १७८ रनको लक्ष्य

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्यासँगको खेलमा नेपालले जितका लागि १७८ रनको लक्ष्य पाएको छ । टस हारेर व्याटिङको निम्तो पाएको केन्याले पूरै ५० ओभरमा खेल्दै ८ विकेट गुमाएर १ ७८ रन बनाएको हो ।

केन्यालाई कम रनमा समेटने क्रममा नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए भने वसन्त रेग्मी, सोमपाल कामी र शरद भेषवाकरले ११ विकेट लिए ।

केन्याका लागि ओपनर इरफान करीमले सर्वाधिक ४२ रन बनाए । एलेक्स ओबान्डाले ४१, कोलिन्स ओबुयाले २७, धिरेन गान्दरियाले ४, आर आर पटेल १, आर एन पटेल शून्य, गुरदिप सिंहले २, एनएन एदियाम्बोले ७ रन बनाए । नटआउट रहेका एनएम एदियाम्बोले २४ र सेम नोगोचिले २३ रन बनाए ।

नेपालले जवाफी ब्याटिङ गर्दै छ ।

 

कमेन्ट गर्नुहोस्