नेपालको आजमा पनि खराब सुरुवात, १४ रनमा ३ विकेट पतन

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा केन्याविरुद्ध जवाफी व्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरिरहेको छ । उसका पहिलो क्रमका तीन व्याट्सम्या दोहोरो अंक नजोडी आउट भएका छन् ।

१७८ रनको विजय लक्य पछ्याएको नेपाललाई सुरुवातमै नाम्रो झट्का लागेको छ । नेपालले पाँचौ ओभरको खेल चलिरहँदा ३ विकेट गुमाएको हो ।

नेपालका ओपनर उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा अर्का ओपनर अनिल साह शून्य रनमा नै आउट भएका छन । दीपेन्द्रसिंह ऐरी पनि १ रनमा आउट भए ।

कमेन्ट गर्नुहोस्