जय देवकोटाको ‘माटो’ सार्वजनिक (भिडीयो सहित)

काठमाडौँ । नेपाली गित संगीतको बजारमा विभिन्न खाले विबादास्पद र विकृति फैलाउने गितहरु आइरहेको समयमा चर्चित गायत जय देवकोटा भने माटो नामको गीत लिएर दर्शका श्र्रोतामाझ आएका छन् ।

यहि माटोमा जन्मिएको यहि माटो मा मर्छु ,बाचुन्जेल त मेरो देशलाई सृगार पटार गर्छु भन्दै गाइएको यस गीतलाई लाखौं दर्शक श्र्रोताले रुचाउने देखिन्छ ।

देवकोटाको सुमधुर आवाजमा सजिएको यस गीतलाई विष्णुजंग शाहाले लयबद्घ गरेका हुन ।

थुप्रै स्रोताको पर्खाइको क्रममा रहेको सो गितको म्युजिक भिडियो पनि निकै आकर्षक र उत्कृष्ट बनेको छ ।

निर्देशक सुदिप कुवरले निर्देशन गरेको गीतमा जय,विशाल, विनय र मिना लगायतले अभिनय गरेका छन् ।

लामो समय गितसंगीतमा गरेका गायक देवकोटाले गाउने र सिर्जना गर्ने प्रायः गितहरु मौलिकता ले भरिएका, सबैलाई मन्त्रमुग्ध पार्ने अनि कारुणिक र लोकप्रिय रहेका छन ।

सोही अनुरुप यस अघिका सबै गीतहरुले सबैको मन जित्न सफल भएको छ भने यो गीत पनि अति नै मिठो अनि मौलिक गित बनेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  प्रकाश र गीताकाे मन परेकाे फूल (भिडियोसहित)
%d bloggers like this: