मंगलबार सार्वजनिक बिदाः सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । महाशिवरात्रीको अवसरमा सार्वजनिक बिदा भएकोले आज मंगलबार सुनचाँदीको कारोबार सोमबार नै कायम भएको मूल्यमा कारोबार भएको छ।

सोमबार ५७ हजार रुपैयाँ कायम भएकोमा मंगलबार पनि ५७ हजारमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला ७ सय ४० रुपैयाँ कारोबार भएको थियो भने आज मंगलबार पनि ७ सय ४० रुपैयाँमै कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्