आगामी फागुन २५ गते नेपाल बैंकले एफपिओ प्रस्तावसहित डाक्यो साधारण सभा

काठमाडौं । नेपाल सरकारको स्वामित्व ६२ प्रतिशत रहको नेपाल बैंकले प्रिमियम मूल्यमा थप नयाँ साधारण शेयर (एफपिओ) निष्कासन गर्ने प्रस्तावसहित आगामी फागुन २५ गते ५८ औं वार्षिक साधारणसभा डाकेको छ ।

बैंक संचालक समितिले हाल कायम रहेको चुक्ता पूँजीमा एफपिओ जारी गरि नेपाल सरकारको स्वामित्व ५१ प्रतिशतमा झार्ने एफपिओ जारी गर्ने भएको हो ।

बैंकले हाल सरकारको कायम रहेको सरकारको शेयर संख्या नघट्ने गरी एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८०० रुपैयाँ बराबरको एफपिओ निष्कासन गर्ने भएको हो । एफपिओ पश्चात बैंकको बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता चुक्ता पूँजी आठ अर्ब चार करोड २६ लाख रुपैँया रहेको छ ।

एफपिओपछि कायम हुने पूँजीमा सरकारको सेयर स्वामित्व ६२ बाट घटेर ५१ प्रतिशत कायम हुने भने सर्वसाधारणको ३८ प्रतिशतबाट बढेर ४९ प्रतिशत पुग्नेछ । सरकारको शेयर विनिवेश गर्दा प्रकृया झण्झटिलो हुने भएकाले एफपिओ मार्फत सरकारको शेयर स्वामित्व घटाउन लागिएको हो ।

सभाले एफपिओको निष्काशन गर्न अपनाउनुपर्ने सम्पूर्ण विधि, प्रकृया र मूल्य निर्धारण, धितोपत्र निष्कासन गर्ने बिक्री प्रवन्धक तोक्ने लगायतका प्रक्रिया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी दिने भएको छ ।

त्यस्तै गत आर्थिक वर्षको वासलात पारित गर्नेदेखि लेखा परिक्षक नियुक्ती गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ । सधारणसभा प्रयोजनको लागि बैंकले फागुन ९ देखि २५ गतेसम्म बैंकले बुक क्लोज गर्ने जनाएको छ ।

मेरोलगानीबाट साभार

कमेन्ट गर्नुहोस्