चितवन पुगेर प्रचण्डले भने–ढिलोचाँडो प्रधानमन्त्री बन्छु

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ढिलो चाँडो फेरि प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् ।

मंगलबार चितवनको सरदपुर माध्यमिक विद्यालयको ४३ औं बार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गदै प्रचण्डले भने, ‘केही समय अगाडि मात्रै चितवनका काँग्रेस नेताहरुले मलाई चाँडो प्रधानमन्त्री बनेर आउन भन्नुभएको छ । आमन्त्रण गर्नु भएको छ । तपाईंहरुलाई विश्वास र भरोसका लागि धन्यावाद छ । अझै टुंगिएको त छैन् । तर, ढिलोचाँडो प्रधानमन्त्री भएर आउछु ।’

प्रचण्डले थपे, ‘म तुरुन्तै प्रधानमन्त्री भए पनि वा अलि ढिला भएपनि तपाईंहरुकै साथमा रहनेछु ।’

आजै ओली र प्रचण्डबीच पार्टी एकताका लागि निर्णायक बार्ता हुदै छ ।

शान्ति प्रक्रिया, सेना संमायोजन, संविधान निर्माणजस्ता कार्यका लागि यदि विदेशमा भएको भए गिरिजाबाबु र म नोवेल पुरुस्कारका लागि लायक थियौं ।

चितवनको विकासको लागि आफू प्रयासरत रहेको भन्दै नयाँ सरकार गठन भए लगत्तै चितवनको विकासका लागि आफू अगाडि सारेका कार्यक्रमलाई अगाडि बढाउने विश्वास दिलाए ।

प्रचण्डले विभिन्न संकट समाधान गर्दै देशमा संघीय गणतन्त्रात्मक संविधान जारी, त्यसपछि तीनै तहको निर्वाचन सम्पन्न गर्नका लागि सबै पक्षलाई मिलाएर ल्याएको दावी गर्दै अगामी दिनमा पनि कसैलाई पाखा लगाउने भन्दा पनि विकास र सम्बृद्धिको यात्रामा प्रमुख पाँच पार्टीलाई एक्कै ठाउँमा उभ्याउने प्रयास जारी रहिरहने बताए ।

कमेन्ट गर्नुहोस्