ओली र प्रचण्डबीचको वार्ता सकियो, यस्तो भयो सहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको वार्ता सकिएको छ । पार्टी एकताका लागि निर्णायक भनिएको केही बेर अगाडि सकिएको हो ।

अाजकाे भएकाे दुई नेताबीचको वार्तामा भाेलि दिउँसाे २ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय भएको बताइएकाे छ । मुख्य विषयमा सहमति जुटाएर आजै पार्टी एकता टुंग्याउने तयारी भएको भएपिन त्याे हुन नसकेकाे हाे । अाजै दुई अध्यक्षबीच सहमति भए एकता संयोजन समितिको बैठक बस्ने तयारी थियाे ।

ओली र प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष रहने, प्रधानमन्त्री आलोपालो गर्नै र एकतापछि पार्टीका नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने दुई अध्यक्षबीच सोमबार नै सहमति भएको उच्चस्रोतले जनाएका छ ।

निर्णायक भनिएको वार्ता ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा बसेकाे थियाे । गएको असोज १७ गते अघि चुनावी तालमेल र वाम एकताका विषयमा तयसपछि पनि धेरै पटक एकताका विषयमा अधिकारीको घरलाई नै छलफलको थलो बनाइएको थियो ।

पार्टी एकता संयोजन समितिमा एमालेबाट अाेलीऽ माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गाैतम, र्इश्वर पाेखरेल र माअाेवादी केन्द्रबाट प्रचण्ड, रामबहादर थापा ‘बादल’, नारायणकाजी श्रेष्ठ रहेका छन ।

कमेन्ट गर्नुहोस्