नेपाललाई विश्वकप छनोट खेल्नका लागि भोलिको खेल जित्नै पर्नै दवाव

काठमाडौं । जितका वावजुद पनि नेपाल नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ को अंक तालिकामा आज एक स्थान तल झरेको छ । हिजो केन्यालाई पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको नेपाल आज तेस्रो स्थानमा झरेको हो ।

डिभिजन टूको शीर्ष दूई स्थानमा रहन नेपाललाई भोलिको क्यानडासँगको खेल जित्नै पर्ने दवाव परेको छ । आज भएको खेलमा केन्यालाई ८ विकेटले पराजित गर्दै नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रोमा झरेको हो ।

समान चार खेल खेल्दै समान ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा छ । अब नेपालले क्यानडासँग तथा नामिबियाले युएईसँग खेल्न बाँकी छ ।

अव नेपाल–क्यानडा, नामिबिया – युएई केन्या–ओमानबीच खेल हुन बाँकी छ । केन्या तेश्रो डिभिजनमा झरिसकेको छ । नेपाल–क्यानडा, नामिबिया – युएई मध्ये ११ एक टोलीले विश्वकप छनौट खेल्न पाउने छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!