वन डे क्रिकेट शृंखला: दक्षिण अफ्रिकी भूमिमा भारतले बनायो यस्तो इतिहास

काठमाडौँ । दक्षिण अफ्रिकाको घरेलु मैदानमा पाहुना टोली भारतले छ वन डे अन्तर्राष्ट्रिय क्रिकेट म्याचको श्रृंखलामा ऐतिहासिक जीत हात पारेको छ ।

पोर्ट अफ एलिजबेथमा मंगलवार भएको खेलमा उसले घरेलु टोली दक्षिण अफ्रिकालाई ७३ रनले हराएर श्रृंखलामा कब्जा जमाएको हो ।

यसका साथै यो दक्षिण अफ्रिकी भुमिमा२५ वर्षयता भारतले जितेको पहिलो शृंखला हुन पुगेको छ ।

मंगलवार टस जितेर फिल्डिंग रोजेको दक्षिण अफ्रिकाले भारतीय इनिंगलाई सात विकेटको क्षतिमा २७५ मै रोके पनि २७६ को विजय लक्ष पछ्याउने क्रममा २०१ रनमै अलआउट भएर चित्त बुझाउनु परेको थियो ।

शृंखलाभरि भारतीय ब्याटिंगको महत्वपूर्ण खम्बाको रुपमा रहेका शिखर धवन २३ बलमा ३४ रन बनाउँदै रबाडाको बलमा फेह्लुक्वायोद्वारा क्याच हुँदा भारतको स्कोर मात्र ४८ रन थियो ।  त्यसपछि आएका विराट कोहली पनि २५ औँ ओभरको तेस्रो बलमा ड्युमिनीद्वारा ३६ को निजी स्कोरमा रन आउट गरिने बेला टिमको स्कोर १५३ रन रहेको थियो । त्यसपछिका आजिंक्य रहाणे मात्र ८ रनमा आउट भए ।

तर शृंखलाभरि खासै नचलेका रोहित शर्माले एकातिरबाट टिमको बागडोर सम्हालिरखेका कारण भारतको रन बनाउने गति उति सारो रोकिएन । उनी १२६ बलमा ११५ रन बनाएर एन्गीदीको बलमा क्लासेनद्वारा क्याच गरिएका थिए । अन्य भारत्तीय ब्याट्स म्यानहरूमा श्रेयस ऐय्यर (३०) बाहेक कसैको खासै महत्वपूर्ण योगदान देखिएन ।

सम्बन्धित् समाचार  निर्माण व्यवसायी संघको अध्यक्षमा चिपालु निर्वाचित

दक्षिण अफ्रिकी बलरहरूमा आजको दिन एन्गीदीलाई फाप्यो । उनले ९ ओभरमा एक मेडन, ५१ रन दिएर ४ विकेट लिए । यसका अतिरिक्त रबाडालाई एक सफलता मिल्यो भने दुई भारतीय ब्याट्सम्यान रन आउट भए ।

दक्षिण अफ्रिकाको तर्फबाट हासिम आमलाले ७१ रन बनाए । त्यस्तै क्लासेनले ३९, मिलरले ३६ र क्याप्टेन मारक्रमले ३२ रन बनाए । भारतीय बलिंग तर्फ कुलदीप यदावले ४, हार्दिक पाण्ड्या र चहलले २-२ विकेट झारे भने बुमराहलाई एउटा सफलता मिल्यो । आमला भने रन आउट भएका थिए ।

यसका साथै छ म्याचको शृंखलामा भारतले ४-१ को अग्रता लिइसकेको छ । अब पाँचौं म्याच दक्षिण अफ्रिकाका लागि प्रतिष्ठा जोगाउनेसम्मको हुनेछ । भारतले यस अघि महेन्द्र सिंह धोनीको नेतृत्वमा २०११ मा लगातार दुई खेल जितेको थियो र शृंखला ३-२ ले हारेको थियो ।

यस जीतका साथै भारतले लगातार नवौं एक दिवसीय शृंखला जितेर आफ्नो विजययात्रामा विराम लाग्नबाट जोगाएको छ भने आफ्नो भूमिमा बाघ जस्तै रहेको दक्षिण अफ्रिका भने स्तब्ध बनेको छ ।

सम्बन्धित् समाचार  दक्षिण अफ्रिकासामु भारतले दियो ३०४ को लक्ष

हाल आइसीसीको एक दिवसीय ऱ्याङ्किङमा भारत पहिलो र दक्षिण अफ्रिका दोस्रो रहेका छन् ।
 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: