विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल क्यानडासँग भिड्दै, खेल जित्नै पर्नै दवाव

काठमाडौं, फागुन २ । डिभिजन टूको शीर्ष दूई स्थानमा रहन नेपाललाई अाजको क्यानडासँगको खेल जित्नै पर्ने दवाव परेको छ ।

जितका वावजुद पनि नेपाल नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ को अंक तालिकामा आज एक स्थान तल झरेको छ ।

हिजो केन्यालाई पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको नेपाल आज तेस्रो स्थानमा झरेको हो ।

केन्यालाई ८ विकेटले पराजित गर्दै नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रोमा झरेको हो ।

समान चार खेल खेल्दै समान ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा छ । अब नेपालले क्यानडासँग तथा नामिबियाले युएईसँग खेल्न बाँकी छ ।

अव नेपाल–क्यानडा, नामिबिया – युएई केन्या–ओमानबीच खेल हुन बाँकी छ । केन्या तेश्रो डिभिजनमा झरिसकेको छ । नेपाल–क्यानडा, नामिबिया – युएई मध्ये ११ एक टोलीले विश्वकप छनौट खेल्न पाउने छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पूर्वाञ्चलस्तरीय वीरेन्द्रनगर कप क्रिकेट असोज १९ देखि
%d bloggers like this: