जनयुद्ध दिवस साथै नगर भेला सम्पन्न

झापा, फागुन २ । माओवादी केन्द्र झापा अन्तर्गत भद्रपुर नगरको नगर भेला तथा २३ औ जनयुद्ध दिवस सम्पन्न भएको छ ।

नगर अन्तर्गतका सम्पूर्ण वार्ड भेला सम्पन्न पस्चात जनयुद्ध दिवसकै अवसरमा सम्पन्न नगर भेलामा बिभिन्न जनवादी सस्कृती झल्कने सास्कृतिक कार्यक्रम सहित सम्पन्न भेलाले नरेश सन्जेलको अध्यक्षतामा ६१ सदश्य नगर समिती निर्वाचित गरेको हो ।

सबै खाले ब्याप्त गलत प्रवृतिको अन्त्य भएको घोषाणा सहित सम्पन्न उक्त भेलाको प्रमुख अतिथी माओवादी केन्द्रका पोलिटब्युरो सदश्य तथा झापा जिल्ला सह- इन्चार्ज राजु आचार्य त्यसै गरी अतिथिमा माओवादी केन्द्रका पोलिट व्युरो सदश्य तथा झापा जिल्ला सम्योजक विजय साम्पहाङ्ग रहेका थिए भने नगर भित्रका माओवादी कार्यकर्ता तथा जनयुद्धमा आस्था राख्ने जन समुदायको बाक्लो उपस्थिती रहेको थियो।
उक्त नगर भेलाको सभापतित्वो माओवादी केन्द्रमा केन्द्रिय सदश्य हिक्मतले गरेका थिए भने कार्यक्रम सन्चालन नरेश सन्जेल ले गरेका थिए ।

भेलाबाट नरेश सन्जेल अध्यक्ष सहित उप अध्यक्षमा मेदनी शिवाकोटी सचिब नरपती लिम्बु भने सह सचिबमा पुकारचन्द्र राजवन्शी निर्वाचित भएका छन भने कार्यसमिती ६१ सदश्यको रहेको छ ।

सम्बन्धित् समाचार  डेरीबाट दूधजन्य सामग्रीको उत्पादन

महान जनयुद्धका सहिदको सम्झनामा मौन धारण तथा जनयुद्धका घाइते बेपत्ता योद्धाको सम्झना सहित सम्पन्न नगर भेलामा नेपाल रेडक्रस सोसाइटी झापा साखाको सहकार्यमा हिजो मिती २०७४ फाल्गुन १ गते रक्तदान कार्यक्रम समेत सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: